सागर थापा, दाङ। आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता दाङमा आजबाट सुरु भएको छ। आठौं राष्ट्रिय खेलकूदको टेबुलटेनिस खेल सहित सात वटा खेलहरुको दाङमा उद्घाटन गर्दै पुर्व खेलकुद मन्त्रि दलजित सेर्पालिले नेपाली खेलकुद क्षेत्रलाई राष्ट्र निर्माण , समृद्धी र राष्ट्रिय गौरबका रुपमा अघि बढाउनु पर्नै बताउनुभएको छ। स्थापनाको बिभिन्न कालखण्डहरुमा राजनैतिक मार खेपेको राष्ट्रिय खेलकूद अब फड्को मार्ने बताउनुभयो ।
५ नम्बर प्रदेशले राष्ट्रिय खेलकुदको आयोजना गर्न पाउनु आफैमा गर्वको बिषय भएको भन्दै मन्त्रि सेर्पालिले प्रदेश नं ५ मा निर्माण भएका खेलकूदका संरचनाहरुलाई तिनै तहको सरकारले स्वामित्व ग्रहण गर्नुपर्नैमा जोड दिनुभयो ।
प्रत्येक २÷२ बर्षमा आयोजना गरीनुपर्ने राष्ट्रिय खेलकूद प्रतियोगीता अब निरन्तर अघि बढ्ने मन्त्रि सेर्पालिको विश्वास छ ।
सरकारको निर्णयलाई कार्यान्वयन गर्नै सवालमा सारा नेपाली एक ढिक्का हुनुपर्नै उहाको भनाई छ ।
आठौं राष्ट्रिय खेलकूदको प्रदेश नं ५ अन्तर्गतका जिल्लाहरु रुपन्देही, बाँके, कपिलबस्तु, बर्दिया र दाङ गरी पाँच जिल्लाहरुमा विभिन्न खेलहरुका साथ निर्बाध उद्घाटन गरीएको छ । विभिन्न ५ खेलका प्रतिस्पर्धा हुने प्रतियोगिताको दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १४ मा रहेको कभर्डहलमा सुरु भएको हो ।दाङमा आज देखी सुरु भएको खेेल बैसाख ११ गते सम्म चल्ने राष्ट्रिय प्रतियोगितामा भाग लिन सातै प्रदेश का खेलाडिहर सहित नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, शसस्त्र प्रहरी बल गरी दश वटा टीमले सहभागीता जनाएका छन् । आठौं राष्ट्रिय खेलमा सहभागिता जनाएको गैह्र आवासीय नेपाली (एनआरएन)को टीम भने दाङमा सहभागि नभएको आयोजक जिल्ला खेलकूद बिकास समितिले जनाएको छ ।
देशै भरी बाट दाङ जिल्लामा प्रतियोगितका लागि २५ सय खेलाडी सहित निर्णायक , पर्यवेक्षक , प्रतिनिधि सहित पाँच हजार जनाको सहभागिता रहेको छ ।
आठौ राष्ट्रय खेलकूद प्रतियोगीता जिल्लको तिनवटै ठूला शहरहरुमा आयोजना गरीने छ जस अनुसार महिला फूटबल र एथ्लेटिक्स र कराँते बेलझुण्डि रंगशाला तुलसिपुरमा , ब्याडमिन्टन, टेबुलटेनिस र बास्केटबल घोराहीमा र क्रिकेट महिला लमहीमा प्रतियोगिताहरु संचालन गरीनेछन् ।प्रतियोगिताका खेल देशका विभिन्न स्थानमा हुँदै छन् । दाङको घोराही कभर्डहलमा टेबलटेनिसको खेल सुरु हुँदा कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस प्रतियोगिता छ । महिला हक्की भने नेपालगन्जको खजुरास्थित शुक्र माविमा सुरु भएको छ ।