बिमल प्रसाद पाेख्रेल,प्युठान
प्युठानकाे झिम्रुक गाउपालिका मच्छिले प्रदेश सरकारकाे अार्थिक सहयाेगमा करिब ३ सय जना अट्ने क्षमता भएकाे बालमैत्रि अपाङ्ग मैत्रि बहुउद्देश्यीय सभाहल बनाउन थालेकाे छ।प्रदेश सरकारकाे ६० लाख, गाउपालिकाकाे दस लाख र सात लाख पन्ध्र हजार सात सय जनश्रमदानबाट बन्ने भबनमा एक हल दुईकाेठा ट्वाईलट बाथ्रुम र एक स्टेज रहने गाउपालिकाका सब ईन्जिनियर नरेन्द्र अाचार्यले बताउनु भयाे।उक्त भबन २०७६ असार १५ गते सम्पन्न हुनेछ भबन भुकम्प प्रतिराेधि बन्नेछ साथै गाउपालिका भबनकाे पनि डि पि अार तयार भएकाे प्राबिधिक अादेश जि सिले बताउनु भयाे ।गाउपालिका भबन निर्माणकाे लागि झिम्रुक गाउपालिका वडा चार भ्यागुतेमा करिब पञ्चिस जनाले साढे नाै राेपनि जग्गा उपलब्ध गराएका थिए। सभाहल बनिसकेपछि गाउपालिकाकाे काम काज पनि उतैबाट प्रदान गरिने अध्यक्ष तिलक बहादुर जिसिले बताउनु भयाे।
झिमरुकमा बन्दै सुबिधा सम्पन्न सभाहल।
झिमरुकमा बन्दै सुबिधा सम्पन्न सभाहल।

Advertisement
तपाईको प्रतिक्रिया