राम बहादुर बिश्वकर्मा,प्युठान ।स्वर्गद्वारी सन्देश राष्ट्रिय मासिक पत्रिकाका कानुनी सल्लाहकार एवं वरिष्ठ
अधिवक्ता कानुनी व्यवसायी डा:शिवराज पण्डित नेपाल बार एशोसियशनको निर्वाचनमा ५ न. प्रदेशबाट केन्द्रिय सदस्य पदमा भारी बहुमतका साथ बिजयी हुनु भएको छ ।
नेपाल वार एशोसियसन जिल्ला शाखा प्यूठानका अध्यक्ष ,प्राध्यापक समेत रहेका पण्डितले प्रगतिशिल प्यानलवाट आफ्ना प्रतिद्धन्दी चितवन वार एशोसियसनमा आवद्ध लोकतान्त्रिक प्यानलका गोविन्द प्रसाद सिग्देललाई बिहीबार (आज) साँझ सकिएको मतगणनामा पण्डितले ६०० भन्दा बढि मतले पराजित गर्दै बिजयी हुनु भएको हो ।
चैत्र १६ गते सम्पन्न नेपाल वारको निर्वाचनमा प्रगतिशिल प्यानलका बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले आफ्ना प्रतिद्धन्द्धीलाई ८४ मतबढिले पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको छ भने
अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । तर महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् ।
व्यावसायिक हकहितसँगै न्यायपालिका कस्तो हुने, के गर्दैछ, के गर्नुपर्छ खबरदारी गर्नुपर्ने भएकाले बारको सदस्यमा डा: पण्डितको ठूलो भुमिका रहने भएकाले कानुन ब्यबसयी आशाबादि देखिएका छ्न।