सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १ वडा कार्यालयको सभाहलमा मोटर ड्राईभिङ सम्बन्धि १ महिने तालिमको समुद्धघाटन भएको छ । सबै बर्गलाई लक्षित गरी सुनवल नगरपालिकाको कार्यनिति अनुसार आर्थिक वर्ष २०७५÷७६ को वडा नं १ लाई बिनियोजित बजेटबाट मोटर ड्राईभिङ सम्बन्धि १ महिने तालिमको समुद्धघाटन भएको हो । उपभोक्ता समितिका अध्यक्ष चुरामणी बस्यालको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं १ का वडा अध्यक्ष बिन प्रसाद बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्धघाटन कार्यक्रममा वडा नं १ का वडा सदस्य मन बहादुर थापा, युद्धजंग जिसि, पूर्व वडा अध्यक्ष तिलकराम ढकाल , दलित उत्तपिडित केन्द्र सुनवलका अध्यक्ष शिब बहादुर बिक , दाउन्ने देवी मोटर ड्राईभिङ सेन्टरका प्रोपाइटर गोपाल प्रसाद ढकाल , महिला उद्यमी केन्द्र सिलाई कटाई उपभोक्ता समितिका अध्यक्ष सिता भण्डारी लगाएतको आतिथ्यता रहेको थियो । २८ जना प्रशिक्षार्थाी सहभागि तालिम २ सिफ्टमा संचालन हुने निर्णय भएको सुनवल वडा नं १ का वडा सदस्य मन बहादुर थापाले जानकारी दिनुभएको छ ।
उक्त मोटर ड्राईभिङ सम्बन्धि १ महिने तालिमको उद्धघाटन गर्दै वडा नं १ का वडा अध्यक्ष बिन प्रसाद बुढाथोकीले मोटर ड्राईभिङ तालिममा सिकेको सिपलाई ब्यबहारमा उत्र्तादै आगामी दिनमा एउटा राम्रो सफल सवारी चालक बन्ने र आफ्नो जिबिका उपार्जनमा आत्मा निर्भर हुनुपर्नेमा जोड दिनु भएको थियो । सो अवसरमा वडा सदस्य मन बहादुर थापा , युद्धजंग जिसि , दाउन्ने देवी मोटर ड्राईभिङ सेन्टरका प्रोपाइटर गोपाल प्रसाद ढकाल लगाएतले मन्तव्य राख्ुनभएको रहेको थियो । उपभोक्ता समितिका सदस्य जिवन पौडेलको स्वागत र समितिका सचिब मुक्ती बहादुर भण्डारीको संचालन मा कार्यक्रम सम्पन्न भएको हो ।
मोटर ड्राईभिङ सम्बन्धि १ महिने तालिम सुरु।
मोटर ड्राईभिङ सम्बन्धि १ महिने तालिम सुरु।
Advertisement
तपाईको प्रतिक्रिया