अनिल खत्री, गुल्मी । गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । गुल्मीमा सञ्चालन प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एवं ब्यापार मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवको चैत २० गते उद्घाटनको दिन तम्घास बजार भित्रका बिभिन्न समुह र बिद्यालय अरु बिभिन्न संघ संस्थाले सहयोग गर्ने भएका छन् । महोत्सवको मुल आयोजक समिति अन्र्तगत साँस्कृतिक समितिले शुक्रवार तम्घासमा राखेको अन्तरक्रियामा बजार भित्रका आमा समुह, सहकारी समुह, बिभिन्न बिद्यालय र अरु संघ संस्थाहरुसँग अन्र्तरक्रिया गरेको थियो ।
अन्तरक्रियामा सहभागित बिभिन्न संघ संस्थाका प्रमुखहरुले महोत्सव सम्पन्न गर्न आफनो तर्फबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । समितिले राखेको अन्तरक्रियामा बिभिन्न समुहले १० दिन सम्म फुलका माला, र उद्घाटनको दिन निकाल्ने ¥यालीमा सहभागिता जनाउने बताएका थिए । अन्तरक्रियामा महोत्सव मुल आयोजक समिति संयोजक युवराज न्यौपाने, साँस्कृतिक कार्याक्रम संयोजक सन्तु थापा, अतिथिी सत्कार समिति संयोजक भेषराज कँडेल, अनुगमन समिति संयोजक युवराज भण्डारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरभित्रका बिभिन्न समुह,सहकारी समुह,बिभिन्न बिद्यालयहरु र अरु संघ संस्थाहरु पनि सहभागिता जनाएका थिए । जिल्लामा रहेको गुल्मी चेम्बर अफ कर्मसले यहि चैत २० गते देखी ३० गते सम्म महोत्सव सञ्चालन गर्दैछ । महोत्सवको मिति नजिक थालेसँगै महोत्सव हुने स्थल चिदिचौर खेल मैदानमा व्यापारिक स्टल निर्माणको काम पनि सुरु भएको छ ।
महोत्समा राखिने रमाइलो मेला पिङ्ग लगायत बिभिन्न मनोरञ्जनात्म सामाग्रीहरु पनि महोत्सव हुने स्थल चिदिचौरमा तयार गरिदै गरेको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए । महोत्सव सम्पन्न बिभिन्न गठित १९ वटा उपसमितिहरुले आ–आफ्ना महोत्सव लक्षित गतिबिधीलाई तिब्रिपारेसँगै महोत्सवको तयारी तिब्र बन्दै गएको हो । गुल्मी महोत्सवमा चिदीचौर खेल मैदानमा खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । महोत्सवमा ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुदैछ ।
गुल्मी महोत्सवलाई चौतर्फी सहयोग: समुह र बिद्यालयले पनि सघाउने
गुल्मी महोत्सवलाई चौतर्फी सहयोग: समुह र बिद्यालयले पनि सघाउने

Advertisement
तपाईको प्रतिक्रिया