अमर बहादुर वली
प्रमुख प्रशासकीय अधिकृत सरुमारानी गाउँपालिका, प्युठान।
दाङको तुलसीपुर उप-महानगरपालिका १९ (साविक बिजौरी -२) निवासी अमर बहादुर वली ६ बर्ष देखि निजामती सेवाका जागीरे छ्न । २०६९ सालमा निजामती सेवामा प्रवेश गरेका उनी अहिले नेपाल सरकारको शाखा अधिकृत तहमा प्युठानको सरुमारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । विभिन्न स्थानिय तह लगायत मन्त्रालय र अन्य धेरै क्षेत्रहरुमा राम्रै अनुभव बटुलेका उनी १९ बर्षको कलिलो उमेरमा निजामती सेवामा प्रवेश गरेका हुन । उनले २०६९ सालमा जुम्लाको मालपोत कार्यालयमा नायव सुव्वाबाट कार्य सुरुआत गरेका थिए । सो पश्चात जिल्ला प्रशासन कार्यालय दाङ,जल उत्पन्न प्रकोप व्याबस्थापन डिभिजन कार्यालय लमही,लमही नगरपालिका, तुलसीपुर उपमहानगरपालिका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौँमा समेत काम गरे। अहिले सरुमारानि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका वली ईच्छाशक्ति र कार्यक्षमता भएको कर्मचारीको रुपमा चिनिन्छन् । उनै सरुमारानि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलि सँग सलिम अन्सारीले गरेको कुराकानीको अंश ः
१-प्रमुख प्रशासकीय अधिकृत भएर जनताको काम गर्दाको अनुभव कस्तो पाउनु भएको छ ? भूमिका कसरी निभाईरहनु भएको छ ?
म २०७५ साल कार्तिक १३ गते देखि सरुमारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी पाएर काम गर्दै गर्दा एकदमै उत्साहजनक वातावरण मैले पाएको छु । विगतका प्रमुख प्रशासकीय अधिकृत रहँदा हुने गरेका वेथितीहरुको अन्त्य भएको छ । एकाध नामुद कर्मचारी बाहेक ९५ प्रतिशत कर्मचारी हाईली मोटिभेटेड भएका छन् । कर्मचारीमा जोश जाँगर, काम प्रति उत्साह भएको पाएको छु । प्रचलित ऐन, कानूनले दिएका अधिकारहरु प्रयोग गरी तदअनुरुपका जिम्मेवारी, भूमिका निर्वाह गरिरहेको छु ।
२-प्रमुख प्रशासकीय अधिकृतको रुपमा तपाईको प्रमुख प्राथमिकता के के छन ?
मेरो मुख्य जिम्मेवारी भनेकै सरुमारानी गाउँपालिकाको गाउँसभाले पारीत गरेका नीति, कार्यक्रम र योजनाहरुलाई ऐन कानूनको परिधिमा रहि प्रभावकारीताका साथ कार्यान्वयन गर्नु हो । त्यसमा मेरो पूरै ध्यान केन्द्रित छ । जहाँसम्म प्राथमिकताको कुरा हो, गाउँपालिकाको आफ्नो भवन नहुँदा चार चारवटा घर भाडामा लिएर सेवा प्रवाह गर्नुपर्ने अवस्था छ ।त्यसकारण गाउँपालिकाको नाममा बड्डाडाका स्थानीयद्धारा दान सहयोग प्राप्त जग्गामा गाउँपालिकाको जे जस्तो संभव हुन्छ, भवन निर्माणको कार्य यथाशिघ्र शुरु गर्नुपर्ने छ । गत वर्ष वजेट विनियोजन भई काम पूरा नभएको कार्य हो यो । जसको डिपिआर गर्ने कार्य सम्पन्न भै सकेको छ भने यहि महिनामा टेण्डर आह्वान हुनेछ । यसका अलावा प्रदेश सरकारको सहयोगमा खेल मैदान निर्माण, बहुउद्देश्यीय हल निर्माण, बहृत हंसपुर खानेपानी योजना, रानी कुवा पार्क निर्माण, पालुपधेरा खानेपानी योजना, दानसिंङ मान्द्रे खानेपानी योेजना निर्माण, सशक्तीकरण र उद्यमशिलता कार्यक्रमको द्रुत गतिमा कार्यान्वयनजस्ता योजना अबको प्राथमिकतामा रहेका छन् ।
३-संघीय सरकार र प्रदेश सरकारले तपाईको स्थानीय तहको ठूला योजनाहरुलाई कत्तिको प्राथमिकतामा राखेको छ ?
संघीय सरकारवाट वित्तिय समानिकरणको रकम वाहेक त्यस्तो देखिने गरी ठुला कार्यक्रममा सहयोग प्राप्त भएको छैन् । संघमार्फत सशर्त अनुदानका कार्यक्रम तथा आ–आफ्ना गतिविधीहरु संचालन गरि नै रहेका छन् । हामीकहाँ संघीय सर्शत अनुदानतर्फका कार्यक्रमहरु प्रभावकारीताका साथ कार्यान्वयन भै रहेका छन् । जहाँसम्म प्रदेश सरकारको कुरा छ, खेल मैदान र बहुउद्देश्यिय हल निर्माण रवड्डडा पुठाखोला दाङ्ग मोटरवाटो प्रदेश सर्शत कार्यक्रम हुन । यसका अलावा बृहत हंसपुर खानेपानी योजनाको लागि रु. ९० लाख र रानी कुवा पार्क निर्माणको लागि रु. २० लाख प्रदेश सरकारवाट समपूरक कोष प्राप्त भएको छ ।
४- सेवा सुविधाका विषयमा कतिपय जनप्रतिनिधीहरु विवादमा आउने गरेका छन, तपाईहरुले कत्तिको व्यस्थित गर्नु भएको छ ?
म प्रमुख प्रशासकीय अधिकृत भएर आएदेखि त्यस्तो समस्या देखिएको छैन् । प्रचलित कानून वमोजिम जनप्रतिनिधीले पाउने सेवा सुविधा वाहेक अन्य थप सेवा सुविधा प्रदान गरिएको छैन र म वाट त्यस्तो काम हुँदैन । कानूनभन्दा माथि कोही हुन सक्दैन् ।
५-विपक्षी राजनीतिक दल र कर्मचारीसँग कस्तो सम्वन्ध छ ?
मैले सबै राजनीतिक दलसँग समुधुर सम्वन्ध राखेको छु । राजनीतिक आस्थाका आधारमा गाउँपालिकावाट प्रदान गरिने सेवा सुविधामा कुने विभेद हुँदैन र भएको समेत छैन् । जहाँसम्म कर्मचारीसँगको सम्वन्धको कुरा छ मैले अघि पनि भने म आएपछि ९५ प्रतिशत कर्मचारी हाईली मोटीभेटेड छन, काममा उर्जा छ, जोश छ , परिवर्तन गर्नुपर्छ भन्ने इच्छाशक्ति छ । तर जहाँ पनि कोही न कोही त्यस्ता पुरातन सोच र प्रवृत्ति भएका मान्छे हुन्छ नै, शक्तिको वरिपरी घुम्ने शक्ति प्राप्त नहुँदा अनावश्यक प्रोपोगाण्डा मच्चाउने र काम गर्ने परिवर्तनकारी कर्मचारीतन्त्रलाई कमजोर पार्ने चेष्टा गरिन्छ । जुन अत्यन्तै खेदजनक हो । मैले त्यस्ता प्रवृत्तिलाई राम्रोसँग चिनेको छु । म आफै राजनीतिशास्त्रको समेत विद्यार्थी भएकोले मलाई आर्ट अफ रुलिङ राम्रोसँग आउँछ । प्रचलित कानून वमोजिम प्राप्त अधिकार प्रयोग गर्न मलाई कुनै डर छैन् ।
६. तपाईको स्थानीय तहका गरिहाल्नुपर्ने काम के–के छन् ?
प्राथमिकताका विषयहरु अघि पनि आए । मैले प्राथमिकतामा राखेका विषयहरु कार्यान्वयन गरेर अगाडी बढ्नुपर्ने अवस्था छ । कर्मचारी समायोजनका कारण केही हदसम्म संक्रमण छ तर त्यस्तो वावजुद प्राथमिकता प्राप्त विषयहरु यथाशिघ्र कार्यान्वयन हुन्छन, ढुक्क रहनुस ।
७. बजेट खर्चको अवस्था कस्तो छ ?
तपाईले निकै गम्भीर प्रश्न उठाउनुभयो । समग्र मुलुककै समस्या पूँजिगत खर्च न्यून हुने, चालु खर्च अत्यन्त बढी हुने रहेको छ । म आउँदै गर्दा खेरी बजेट खर्चको अवस्था झन्डै १० प्रतिशत थियो । त्यो अहिले आएर २२ प्रतिशत पुगेको छ । योजना कार्यक्रमहरु द्रुत गतिमा अगाडी बढी रहेका छन् । भुक्तानीको प्रक्रिया चुस्त दुरुस्त छ । सरुमारानी गाउँपालिका कुनै असारे विकासको पक्षमा छैन् । हाम्रो लक्ष्य आगामी आ.व.को बजेट, कार्यक्रम, योजना निर्माण गर्नु अघि सम्पूर्ण योजना कार्यक्रमहरु सम्पन्न गर्नु रहेको छ ।
८. जनताको आय आर्जनकालागि के कस्तो काम गरिएको छ ?
सरुमारानी गाउँपालिकाका जनताको आय आर्जनको बढोत्तरीका लागि हाम्रा मूलतः तिन वटा कार्यक्रम छन् । पहिलो, किसानसँग गाउँसरकार कार्यक्रम । दोस्रो, उद्यमशिलता कार्यक्रम । तेस्रो, सहकारी अभियान । किसानसँग गाउँसरकार कार्यक्रम अन्तरगत सिंचाईका अधुरा पूर्वाधारहरु पूरा गर्ने, पकेट र व्लकहरु दर्ता गरी अनुदान उपलव्ध गराउने, किसानलाई सिंचाईको लागि पाईप मोटर खरिद वितरण गर्ने लगायतका किसान केन्द्रित कार्यक्रमहरु रहेका छन् । जसवाट किसानहरुको जिवनस्तर माथि उठ्ने र आय आर्जन बढ्ने अपेक्षा गाउँपालिकाले लिएको छ । उद्यमशिलता तालिमको हकमा गाउँपालिकाको वजेटवाट साथै घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा सिलाई कटाई, हाउस वायरिङ, प्लम्वीङ, मोबाईल रिपेरिङ, वेल्डीङ, पंखा तथा मोटर मर्मत, स्टील दराज मर्मत, सिकर्मी, डकर्मी, आधारभूत कम्प्यूटर, माहुरीपालन, मसला प्रशोधन, अचार बनाउने , जुत्ता वनाउने, भुजीय दालमोठ नमकीन वनाउने, वाल पेन्टीङ÷टायल जडान लगायतका झन्डै २० वटा विभिन्न तालिमहरु संचालन हुन गईरहेका छन । सहकारी अभियानको हकमा एक वडा दुई अभियान अन्तरगत वडा नं. १, २ र ६ मा सहकारी प्रवद्र्धनको लागि विशेष कार्यक्रमहरु गाउँपालिकाले संचालन गर्दैैछ । जसवाट जनताको जिवनस्तरमा सुधार हुने अपेक्षा लिईएको छ ।
९. गाउँपालिकाले तपाई आएपछी के कस्ता कानून वनायो, कार्यान्वयनमा के चुनौति छन् ?
म प्रमुख प्रशासकीय अधिकृत भएयता ऐन, नीति र कार्यविधि गरी १० (दस)वटा कानून वनेका छन् । जसमध्ये नीति अन्तरगत सुशासन (संचालन तथा व्यवस्थापन) नीति २०७५, ऐन अन्तरगत सहकारी ऐन २०७५, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५, न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्यविधि सम्वन्धी ऐन, २०७५ र कार्यविधिहरुमा सरुमारानी छोरी पेवा वचत कोष संचालन कार्यविधि २०७५, अपांगता भएको व्यक्तिको परिचयपत्र वितरण सम्वन्धी कार्यविधि २०७५, सामुदायिक वन साझेदारी कार्यक्रम कार्यविधि २०७५, टोल विकास संस्था संचालन कार्यविधि २०७५, सरुमारानी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा सम्वन्धी मापदण्ड २०७५, सरुमारानी गाउँपालिकावाट गरिने वजार अनुगमन निर्देशिका २०७५ रहेका छन् । जसलाई हामी छिट्टै हाम्रो स्थानीय राजपत्रमा प्रकाशन गर्दैर्छौ । र गाउँपालिकाको वेभसाईटमा राजपत्र भन्ने छुट्टै पोर्टल समेत निर्माण गरेका छौं । गाउँपालिकाले वनाएका कानून कार्यान्वयन दृढताका साथ भईरहेका छन् । कानून कार्यान्वयनको सन्दर्भमा कुरा गर्दा जनशक्ती व्यवस्थापन महत्वपूर्ण रुपमा रहेको छ । कर्मचारी समायोजनले पूराना कर्मचारी जाने र नयाँ कर्मचारी आउन लाग्ने समय विचको अन्तरका कारण यस्तो समस्या देखिएको हो । तै पनि कानून निश्चीन्त रुपमा कार्यान्वयन हुन्छ । स्थानीय कानूनको सचेतनाको कार्यक्रमहरु समेत छिट्टै संचालन गर्दैछौं । अन्य त्यस्तो कानूनको कार्यान्वयनमा हालसम्म खासै चुनौतिहरु छैनन् ।
१०. निर्वाचित टिममा सामूहिक भावना कत्तिको पाउनु भएको छ ?
हालसम्मको अवधीमा निर्वाचीत टिममा सामूहिकता र एकता नै रहेको देखिन्छ । आपसी मत मतान्तरहरुलाई लोकतान्त्रिक विधिवाट समाधान गरिएको छ । अन्य स्थानीय तहमा जस्तो सतहमा आउने गरी हुने कुनै विवाद भएको मैले पाएको छैन् ।
११. अल्पकालिन, मध्यकालिन, दिर्घकालिन योजना के कस्तो रहेको छ ? अहिलेसम्म गरेका खास खास परिणामुखी कामहरु केके छन् ? बताईदिनुस न ।
प्रशासकीय प्रमुखको हैसियतले भन्दा मेरो मुख्य ध्यान सार्वजनिक सेवा प्रवाह जनमैत्री वनाउनेमा नै केन्द्रित छ । बाँकी योजना कार्यान्वयनको पाटो त छदैछ । म सरुमारानीमा आई सकेपछिको प्रमुख उपलब्धी भनेकै कर्मचारीलाई उपर्युक्त कार्यवातावरण नै हो । हिजोका दिनमा जनप्रतिनिधी र कर्मचारी विच समन्वय नहुँदा धेरै काम समयमा हुन सकेको थिएन । अहिले त्यो अवस्था रहेन । कामले स्पीड लिएको छ । शुरुमा गाउँपालिकाको कार्यालयमा ईन्टरनेटको साह्रै समस्या थियो । कार्यालयमा अहिले नेपालमा सबैभन्दा फास्ट इन्टरनेट सेवा छ र सबै वडा कार्यालयमा सुविसु र स्काई मार्फत नेट जोडिएको छ । म आएयता केही महत्वपूर्ण कामहरु सम्पन्न भएका छन्– जस्तै बडडाँडा, दर्भान र साना किसाना एरियामा फोहोर व्यवस्थापन कार्य शुरु गरिएको छ , नियमित बजार अनुगमन, सामुदायिक वन साझेदारी कार्यक्रम कार्यान्वयन भएका छन् । सरुमारानी छोरी पेवा वचत कोष कार्यविधि निर्माण भई कार्यान्वयनको चरणमा रहेको छ । जनता मा.वि. वडडाँडाका विद्यार्थीहरुलाई यातायत व्यवस्थापन गर्ने कार्य भएको छ । विभिन्न योजनाहरुको डिपिआर गर्ने कार्य सम्पन्न भएको छ । सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिर जडान भएको छ । सरुमारानी गाउँपालिकामा अनुदान शिक्षकको व्यवस्था गरेका छौ । शैक्षिक गुणस्तर सुधारका लागि मापदण्ड वमोजिमको रकम सामुदायिक विद्यालयहरुलाई उपलब्ध गराएका छौं । स्वास्थ्य क्षेत्रको कुरा गर्नु हुन्छ भने गनाह, ददेरी, बडडाँडा र तिराम चार वटा सामुदायिक स्वास्थ्य ईकाई संचालनमा आएका छन् । हपूरवेशीमा साप्ताहीक क्लिनिकको समेत शुरुआत भएको छ । प्राविधिक शाखामा कर्मचारी करार प्रक्रियावाट भए पनि व्यवस्थापन गरिएको छ । यि त भए अल्पकालिन योजनाहरु त्यसैगरी मध्यकालिन योजना अन्र्तरगत पुराना योजनाहरुको नियमित अनुगमन मूल्यांकनका आधारमा गुण दोष छुट्टाउने र राम्रो काम गर्नेलाई पुरस्कार र सम्मानको व्यवस्था तथा खराव कामलाई कारवाहीको व्यवस्थामा ल्याउने जसले गर्दा सरुमारानी गाउँपालिकाको मुख्य लक्ष्य रहेको सुशासन र भष्ट्रचार मुक्त स्थानीय सरकार वनाउने पुर्वाधार निर्माणको कार्य रहेको छ । त्यस्तै दिर्घकालिन लक्ष्य अन्र्तगत गाँउपालिकामा निर्वाचित जन प्रतिनिधीको आवमन संगै तय गरेका केहि लक्ष्यहरु रहेकाछन् हामी कार्यान्वयन तहमा रहेकाले जनप्रतिनिधिहरुको लक्ष्य नै हाम्रो पनि लक्ष्य हो यो पुरा गर्नु हाम्रो दायित्व पनि हो, जस्तो दुई वर्ष भित्रमा यस गाँउपालिकावासीको घर घरमा खानेपानी सुविधा पु¥याउने , शैक्षिक गुणस्तरको वृद्धि गर्ने , सडक संजालवाट सवै वस्ती स्तरमा जोडिने वातावरण संरक्षणका साथै सवैको घरमा कम्तीमा टिनका छाना हुने र आय आर्जनको माध्यमवाट जनताको जीवनस्तरमा परिवर्तन गराउने , सामाजिक सास्कृतिक रुपमा पनि परिवर्तनको अनुभुत जनतामा गराउने खालका दुरगामी महत्वराख्ने योजनाहरु सारिएकाछन् जुन पुरा गराउन गाँउपालिका परिवार समग्र कार्यपालिका टिम दत्तचित्त भै लागिरहेको अवस्था हो ।
१२. सेवाग्राहीलाई दिने सुविधा कसरी व्यवस्थित गरिएको छ ?
सेवाग्राहीलाई सेवा प्राप्त गर्न त्यस्तो कुनै असहज वातावरण छैन् । कुनै सूचना चाहिएमा सूचना अधिकारीको व्यवस्था गरेका छौ । सूचना प्रवाहका लागि सबै वडामा गरी जम्मा २५ वटा सूचना पाटीको व्यवस्था गरिएको छ । सरुमारानी गाउँपालिका कार्यालय, स्वास्थ्य संस्थाहरु, विद्यालय लगायत हाम्रो मातहत कार्यालयहरुमा सेवा प्राप्त गर्दा कुनै समस्या भएका सिधै मेरो नम्वर ९८५७८३६०२२ मा जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुन्छ । गत वर्ष योजनाको भुक्तानीको क्रममा केही समस्या थियो भन्ने आएको थियो तर अहिले त्यस्तो असहजता छैन् ।
१३. जनताले तिर्ने करमा अत्यधिक वृद्धि भएको गुनासो आईरहेको छ ? तपाईकोमा त्यस्तो छ ?
कर सम्वन्धी वस्तुगत रुपमा विश्लेश्ण नुहँदा कतिपय ठाउँका कर सम्वन्धी समस्या उत्पन्न भएको मैले पाएको छु । हाम्रोमा त्यस्तो समस्या देख्दीन् । यस वर्ष हामीले करको सन्दर्भमा दुई वटा नयाँ काम गरेका छौं । एउटा कुरा यस वर्ष विज्ञापन करको संकलन गरिएको छ । अर्को कुरा व्यवसाय दर्तालाई हामीले अभियानकै रुपमा चलाएका छौं जसवाट गाउँपालिकाको आन्तरिक आम्दानी केही हदसम्म बढेको छ । आगामी आर्थिक वर्षमा करको दायरा तोक्दा एक चरण हामी सबै वस्ती तहमा छलफल र अन्तरक्रिया गर्ने गरी कार्यक्रम अगाडी बढाउँछौं ।
१४. सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई सफल पार्न तपाईको भूमिका के रहन्छ ?
संघ वा प्रदेशका सपना पूरा गर्न योजना र कार्यक्रमहरु तोकिएको समयमा सम्पन्न गराउनु मेरो जिम्मेवारी हो । यो आर्थिक वर्षको कुरा गर्दा निर्माण व्यवसायीवाट सम्पन्न हुने योजना वाहेक अन्य योजनाको हकमा २०७६ वैशाख मसान्त सम्पन्न गर्ने गरी हामी अगाडी बढीरहेका छन् । प्राविधिक कर्मचारीहरुलाई समेत सोही अनुरुप हामीले परीचालन समेत गरेका छौ । विगत वर्ष भन्दा योजना अन्ुगमनको कुरा प्रभावकारी रुपमा गरिरहेका छौ । यसवाट स्वच्छ, समृद्ध र भ्रष्टचार रहित सरुमारानी गाउँपालिका समेत निर्माण हुने अपेक्षा लिईएको छ ।
समृद्धि र सुखी भन्ने कुरा जनताको आयआर्जनमा परिवर्तन नभए सम्म पुरा हुनेकुरा होइन यद्दपी हामलिे के कार्यक्र्रम मार्फत सम्वोधन गर्ने कोशिस त गरेका छौ , यो पर्याप्त छैन यसको लागी आम जनतालाई उद्यमशिलता, स्वरोजगारमूखी कार्यक्रम र रोजगारी श्रृजना गर्न सक्ने खालका ठूला परियोजनाहरु संचालन गर्नुपर्ने हुन्छ जुन स्थानीय सरकार मात्र नभई संघ र प्रदेशको समेत सहभागितामा संयुक्त लगानीको माध्यमवाट सम्भव छ भन्ने लाग्छ ।
१५. प्रदेश र संघीय सरकारलाई केही भन्न चाहनुहुन्छ ?
खास गरी नेपालको संविधानको साझा अधिकारका विषयमा प्रदेश र संघीय सरकारले यथासक्य चाँडो ऐन कानून निर्माण गरेमा स्थानीय सरकारलाई काम गर्न सहज हुने विश्वास मैले लिएको छु ।
१६. केही नगर प्रमुख, गाउँ प्रमुखले त अहिले विद्यमान कर्मचारी संरचना रहेसम्म स्थानीय तहमा जनप्रतिनिधी आए पनि काम गर्न सकिन्न, कर्मचारी प्रति विश्वास गर्न सकिन्न भनेका छन, यस्तो अवस्थामा कर्मचारी र जनप्रतिनिधीवीच कसरी तालमेल मिलाउने ? तपाई जनप्रतिनिधीहरुलाई के सुझाव दिनुहुन्छ ?
हेर्नुस, एउटा कुरा के बुझ्नुप¥यो भने हामी निजामती कर्मचारी भनेको सेलेक्टेड पर्सन हो भने उहाँहरु (जनप्रतिनिधी) इलेक्टेड पर्सन हो । हाम्रोमा जहिले पनि मेरिटोक्रेसी प्रधान हुन्छ, उहाँहरुमा जनमत प्रधान हुन्छ । उहाँहरुले नीति निर्माण गर्ने हो, हामीहरुले त्यस्को प्रभावकारी कार्यान्वयन गर्ने हो । हामीले यही सत्य कुरा बुझ्न सक्नुपर्छ । सबैले आपm्नो भूमिकामा रह्यौ भने समस्या हुन्न जस्तो मलाई लाग्छ । हाम्रै सरुमारानीको सन्दर्भ हेर्नुस न, हिजोको पूर्व प्रमुख प्रशासकीय अधिकृत र अहिलेको प्रमुख प्रशासकीय अधिकृतको भूमिका तपाई तुलना गरेर हेर्नुस अनि बाकी कुरा बुझ्नुहुन्छ । मैले जनप्रतिनिधीहरुलाई भन्ने कुरा भनेको प्रचलित कानून वमोजिम काम गर्न कर्मचारीतन्त्र तयार छ, त्यस वमोजिम उहाँहरु पनि गाईडेड हुन प¥यो ।
१७. अन्त्यमा भन्न बाँकी र छुटेका कुरा के छन् ?
खासै केहि छैन जस्तो लाग्छ सवैकुरा आइसकेका छन् सरुमारानी गाउँपालिकालाई समृद्ध र विकसीत बनाउने कार्यमा हामी प्रतिवद्ध छौ । कर्मचारीकोे तहवाट गर्नुपर्ने सबै सहयोग गर्न हामी तत्पर छौ । अन्तर्वार्ता मार्फत मेरा भनाईलाई आम जनतासामु पस्कने प्रयास यहाँहरुले गर्नु भयो यसका लागी तपाई र तपाईको टिम सम्पुर्णलाई विशेष धन्यवाद दिन चाहन्छु ।
प्रस्तुती: सलिम अन्सारी,प्युठान