धनकुटा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा शहिदभूमी गाउँपालिकामा बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया गरिएको छ। स्थानीय तहमा बीमाको पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था र वर्तमान चुनौतीबारे कार्यक्रम केन्द्रित थियो।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन राईले बीमाको विभिन्न पक्षबारे प्रस्तुतीकरण दिएका थिए। सहभागीहरूले सरकारी भवन बीमाको दर, अभिकर्तामार्फत हुने सम्भावित ठगी, पशु बीमामा प्रदेशगत फरक व्यवस्था, तथा तेस्रो पक्ष मोटर बीमाको दाबी चरणबद्ध गर्न सकिने विषयमा प्रश्न गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज राईले कृषक तथा सर्वसाधारणसम्म बीमाबारे जानकारी पुर्याउनुपर्ने आवश्यकता औँल्याउँदै बाली, पशु र भवनसहित सबै संरचनाको बीमा सम्भव रहेको बताए। उपाध्यक्ष रत्नश्वरीं राईले सचेतनामूलक कार्यक्रम समुदायमा प्रभावकारी हुने धारणा राखिन्।
प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीले बीमा प्रक्रियाबारे प्राप्त ज्ञान स्थानीय तहमा प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गरे।
कोशी प्रदेश प्रमुख प्रीति देवले लाइसेन्स प्राप्त कम्पनी तथा अधिकृत अभिकर्तामार्फत मात्र बीमा सेवा लिन आग्रह गर्दै दाबीका बेला घटनाको यथार्थ विवरण दिनुपर्ने बताइन्। उनले कृषिमा सरकारले ५०–८० प्रतिशत अनुदान प्रदान गर्दै आएको जानकारीसमेत दिइन्।
कार्यक्रममा गाउँपालिकाका कर्मचारी, बीमक, अभिकर्ता तथा स्थानीयवासीको उपस्थिति थियो।
शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
Advertisement
तपाईको प्रतिक्रिया