गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–६ बुल्ममा उन्नत सेरामिक्स (माटाको भाँडा) बनाउन सम्बन्धी सीपमूलक तालिम कार्यक्रमको सुरु भएको छ । तालिम घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुनेछ ।
कुमाल समुदायको बाहुल्यता रहेको यस क्षेत्रका स्थानीय बासिन्दाहरू परम्परागत रूपमा माटाको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन् । यिनै परम्परागत सीपलाई आधुनिक ज्ञान, प्रविधि र व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताउनुभयो ।
४५ दिने यो उन्नत तालिमबाट सहभागीहरूलाई सेरामिक्स भाँडा निर्माणको आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा बजार व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिनेछ । यसबाट परम्परागत पेशाको संरक्षणसँगै कुमाल समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता त्रिबिक्रम ज्ञवालीले बताउनुभयो ।
तालिम पश्चात सहभागिलाई प्रविधि हस्तातरण गरिने कार्यालयले जनाएको छ । तालिममा स्थानीय २० जनाले सहभागिता जनाएका छन् ।
कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष ढालबहादुर कुँवरले तालिमलाई भरपुर रुपमा उपयोग गरेर ज्ञान लिन आग्रह गर्नुभयो । उहाँले यस तालिमले स्थानीय बाउ बाजेबाट सिकेको सिपभन्दा उच्च खालको ज्ञान प्राप्त हुने बताउनुभयो ।
स्थानीयहरूले यस तालिमलाई आफ्नो सांस्कृतिक पहिचान र आर्थिक समृद्धिको अवसरको रूपमा लिएको बताएका छन् ।
संकटमा पर्दै कुमाल समुदायको पेसा
बुल्म नाम लिन बित्तिकै माटाका भाडा बनाउने ठाउँले परिचित छ । यहाँ पुख्यौली रुपमा माटाका भाडा निर्माण हुँदै आएको छ ।
यहाँका समुदाय यहि पेसाबाट घर खर्च चलाउने दरिलो माध्य कुनै समय थियो । तर अहिले बजारमा माटाका भाडाको तुलनामा सस्ता सामग्रीहरु पाइन्छन् ।
त्यसले पनि बजारसँग प्रतिषपर्धा गर्न नसक्दा यो पेसा संकटमा पर्न थालेको छ । अर्को माटाका भाडा प्रयोग गर्ने बानी पनि हटिसकेको छ ।
पहिले माटाको भाडामा राखेर चिसो पानी खानेहरु अहिले फ्रिटमा राखेर खान थालेका छन् । यसैले पनि प्रयोग गर्नेहरु पनि घट्दै जान थालेका छन् ।
अहिले कुमाल समुदायले प्राचिन तरिकाबाट निर्माण गर्ने परिमाटीलाई प्रबिधिबाट निर्माण गर्न थालेका छन् । बजारमा भित्रिएका आधुनिक प्रविधिका भाडाले यतिबेला कुमाल समुदायको माटाका भाडा बनाउने पेशा संकटमा पर्दै जान थालेको छ ।
गाउँघरमा लोभ हुदैँ गएको माटाका भाडा बनाउने पेशाको संरक्षण गर्दै विभिन्न भाडा बनाउन गुल्मीका पदमलाई भ्याईनभ्याई हुनुपर्ने समय हो । जिल्लाको इश्मा गाउँपालिका वडानम्बर–६ बुल्मका पदम मुखियाले पुर्खेयौली पेशां संरक्षण गरिरहनु भएको छ ।
मुखियाले बुल्म प्रगतिशिल सेरामिक्स उद्योग समुहबाट लिजमा लिएर पुर्खेयौली पेशाको जर्गेना गर्दै मनग्य आम्दानी गरिहेका छन् । ०७१ सालदेखि संचालनमा आएको सेरामिक्स उद्योगमा पानस, फिल्टर, क्यान्डिल, हाडिँ, घैटा, मटुला, गमला, डल्लु, कचौरा, कप, पिलेट, गिलास, भगवानका मूर्ति तथा सजावटका सामाग्री बनिरहेको उहाँ बताउनु हुन्छ ।
सेरामिक्समा निर्माण गरिएका माटाका भाडाँहरु जिल्ला र छिमेकी जिल्लाहरुका बजारमा निर्यात हुने गर्दछ । यहाँका कुमाल समुदाय पहिले बोकेरै बजारीकरण गर्थे ।
तर अहिले त्यो पनि हटिसकेको छ । उहाँले जिल्ला र बाहिर हुने मेला महोत्सवका स्टलमा आफ्नो सिप र भाडाको प्रर्दशनी गर्दै आएका छन् ।
मुखियाले यसैबाट घरखर्च समेत चलाएका छन् । बजारमा पाइने पलाष्टिक भाडाले बजारीकरण र माटाको समस्या रहेको मुखियाको भनाइ छ ।
सेरामिक्स उद्योगलाई स्थानीय र प्रदेश सरकारले सहयोग गरेको छ । सेरामिक्सलाई अगाडि बढाउने गरि नीतिमा इस्मा गाउँपालिका छ ।
घरेलु तथा साना उद्योग कार्यालयले सेरामिक्स तालिम तथा प्रविधिमा सहयोग गर्दै आएको पनि छ । जिल्लाका स्थानीय तहहरुले माटोबाट निर्मित कलात्मक सामाग्रीहरु मायाको चिनोको रुपमा प्रदान गर्न सकेपनि यसको बजारीकरणलाई ठूलो मदत मिल्ने आशामा पदम मुखिया हुनुहुन्छ ।
बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
Advertisement
तपाईको प्रतिक्रिया