• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

राणासहित १८३ नेता राप्रपाबाट अलग


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेता तथा कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। बिहीबार आयोजित सामूहिक भेटघाट कार्यक्रममार्फत उनीहरूले पार्टी त्यागेको घोषणा गरेका हुन्।

    Advertisement

    राजीनामाको घोषणा गर्दै डा. राणाले आफूहरू बाध्यात्मक परिस्थितिका कारण पार्टी छाड्न पुगेको बताए। उनले यो दिनलाई खुसीको नभई पीडादायी दिनका रूपमा चित्रण गर्दै आफूहरूले लामो समयदेखि बोकेका राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई पार्टीभित्रबाट स्थापित गर्न नसकेको निष्कर्षमा पुगेपछि नयाँ बाटो रोज्नुपरेको बताए।

    “हामीले आफ्नै घर छाड्नुपर्ने अवस्था आयो। यो खुसीको दिन होइन, दुःखको दिन हो,” उनले भने, “जब आफूले विश्वास गरेको मूल्य र मान्यतालाई आफ्नै घरभित्रबाट स्थापित गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगिन्छ, तब साहसका साथ त्यो घर छाडेर नयाँ घर निर्माण गर्नुपर्छ।”

    डा. राणाले पछिल्ला चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको उल्लेख गर्दै राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा अघि बढाउन निरन्तर प्रयास गरेको दाबी गरे। आन्दोलनको नेतृत्वदेखि संगठन सुधारसम्मका प्रयास आफूले गरेको भए पनि ती प्रयासलाई सफल हुन नदिइएको उनको भनाइ थियो।

    “मैले राप्रपालाई सही बाटोमा, एजेन्डा प्राप्तिको मार्गमा लैजान खोजेको थिएँ। आन्दोलनको नेतृत्व गरेको थिएँ। पार्टीलाई सुधारेर राष्ट्रकै बलियो राजनीतिक शक्ति बनाउन चाहेको थिएँ,” उनले भने, “तर मेरा ती सबै प्रयासलाई अगाडि बढ्न दिइएन।”

    उनले पार्टी नेतृत्वप्रति प्रत्यक्ष आरोप भने लगाएनन्। आफूले छाडेको पार्टी र त्यहाँ रहेका साथीहरूका बारेमा सार्वजनिक रूपमा गुनासो नगर्ने पनि उनले बताए।

    राजीनामापछि अब राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध गर्ने अभियानमा लाग्ने संकेत गर्दै उनले राष्ट्रियता, हिन्दु राष्ट्र र सुशासनको पक्षमा रहेका सबै शक्तिलाई एकजुट हुन आह्वान गरे।

    “यो देशमा राष्ट्रवादी शक्ति निर्माण गर्न आवश्यक छ,” उनले भने, “राष्ट्रियता बोकेका, हिन्दु अधिराज्यको पक्षमा रहेका र भ्रष्टाचारविरुद्ध उभिएका सबै शक्ति एक ठाउँमा आउनुपर्छ।”

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation