• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ३. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ४. भान्साबाट देश चिनाउने युवराजको सपना

  • ५. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ६. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ७. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ८. बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

  • ९. रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

  • १०. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

राणासहित १८३ नेता राप्रपाबाट अलग


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेता तथा कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। बिहीबार आयोजित सामूहिक भेटघाट कार्यक्रममार्फत उनीहरूले पार्टी त्यागेको घोषणा गरेका हुन्।

    Advertisement

    राजीनामाको घोषणा गर्दै डा. राणाले आफूहरू बाध्यात्मक परिस्थितिका कारण पार्टी छाड्न पुगेको बताए। उनले यो दिनलाई खुसीको नभई पीडादायी दिनका रूपमा चित्रण गर्दै आफूहरूले लामो समयदेखि बोकेका राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई पार्टीभित्रबाट स्थापित गर्न नसकेको निष्कर्षमा पुगेपछि नयाँ बाटो रोज्नुपरेको बताए।

    “हामीले आफ्नै घर छाड्नुपर्ने अवस्था आयो। यो खुसीको दिन होइन, दुःखको दिन हो,” उनले भने, “जब आफूले विश्वास गरेको मूल्य र मान्यतालाई आफ्नै घरभित्रबाट स्थापित गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगिन्छ, तब साहसका साथ त्यो घर छाडेर नयाँ घर निर्माण गर्नुपर्छ।”

    डा. राणाले पछिल्ला चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको उल्लेख गर्दै राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा अघि बढाउन निरन्तर प्रयास गरेको दाबी गरे। आन्दोलनको नेतृत्वदेखि संगठन सुधारसम्मका प्रयास आफूले गरेको भए पनि ती प्रयासलाई सफल हुन नदिइएको उनको भनाइ थियो।

    “मैले राप्रपालाई सही बाटोमा, एजेन्डा प्राप्तिको मार्गमा लैजान खोजेको थिएँ। आन्दोलनको नेतृत्व गरेको थिएँ। पार्टीलाई सुधारेर राष्ट्रकै बलियो राजनीतिक शक्ति बनाउन चाहेको थिएँ,” उनले भने, “तर मेरा ती सबै प्रयासलाई अगाडि बढ्न दिइएन।”

    उनले पार्टी नेतृत्वप्रति प्रत्यक्ष आरोप भने लगाएनन्। आफूले छाडेको पार्टी र त्यहाँ रहेका साथीहरूका बारेमा सार्वजनिक रूपमा गुनासो नगर्ने पनि उनले बताए।

    राजीनामापछि अब राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध गर्ने अभियानमा लाग्ने संकेत गर्दै उनले राष्ट्रियता, हिन्दु राष्ट्र र सुशासनको पक्षमा रहेका सबै शक्तिलाई एकजुट हुन आह्वान गरे।

    “यो देशमा राष्ट्रवादी शक्ति निर्माण गर्न आवश्यक छ,” उनले भने, “राष्ट्रियता बोकेका, हिन्दु अधिराज्यको पक्षमा रहेका र भ्रष्टाचारविरुद्ध उभिएका सबै शक्ति एक ठाउँमा आउनुपर्छ।”

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ३.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ४.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ६.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    भर्खरै

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • २.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ३.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ४.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ५.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ६.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • ७.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ८.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation