• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ३. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ४. भान्साबाट देश चिनाउने युवराजको सपना

  • ५. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ६. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ७. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ८. बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

  • ९. रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

  • १०. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • काठमाडौं । महानगर यातायात प्रालिले काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि नियमित सेवामा आएका बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक, सहज र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।
    कम्पनीका अनुसार ३३ सिट क्षमताका बसमा उभिएर यात्रा गर्ने यात्रुसहित एकपटकमा करिब ७० जनासम्म यात्रा गर्न सक्छन्। बसमा आरामदायी सिट, आधुनिक सुरक्षा प्रणाली र यात्रुमैत्री संरचना जडान गरिएको छ।
    चीनबाट आयात गरिएका यी बसमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। पूर्ण चार्जपछि करिब २०० किलोमिटरसम्म गुड्न सक्ने क्षमता भएका प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
    सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायातका सचिव केशव नेपालले विद्युतीय सवारी अब विकल्प नभई आवश्यकता बन्दै गएको बताए। प्रारम्भिक लगानी बढी भए पनि सञ्चालन खर्च कम हुने भएकाले व्यवसायिक रूपमा विद्युतीय बस प्रभावकारी देखिएको उनको भनाइ थियो। उनले विद्युतीय सवारीमा लाग्ने कर पुनरावलोकन गरी सरकारले सहुलियत दिनुपर्ने मागसमेत गरे। कम्पनीका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि सञ्चालनमा रहेका १२ विद्युतीय बसको अनुभव सकारात्मक रहेकाले थप १६ बस थपिएको जानकारी दिए। उनका अनुसार विद्युतीय बसको सञ्चालन खर्च कम भएकाले डिजेल बसको तुलनामा आम्दानीसमेत उल्लेख्य रूपमा बढी छ।
    बस आपूर्तिकर्ता शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले ठूलो क्षमताका विद्युतीय बसको विस्तार नेपालका लागि आवश्यक रहेको बताउँदै बिक्रीपछिको सेवा सुदृढ बनाइएको बताए।
    महानगर यातायातले हाल काठमाडौं उपत्यका र बाहिर गरी १४० भन्दा बढी सवारीमार्फत सेवा दिइरहेको छ। कम्पनीका अनुसार २८ सिटी बस र २४ माइक्रोबससहित हाल ५२ वटा विद्युतीय सवारी सञ्चालनमा छन्।

    Advertisement

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित
    त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो
    बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो
    बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ३.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ४.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ६.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    भर्खरै

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • २.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ३.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ४.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ५.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ६.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • ७.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ८.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation