मानव बेचविखनका घटना वढनुमा मुख्य कारण गरिवी ः सभापति खनाल ।।
Advertisement
कृष्ण गैरे ,कपिलवस्तु।
जिल्ला संम्वोयन समिती कपिलवस्तुका सभापति नारायण खनालले चेलीवेटी बेचविखनका घटना वढनुको मुख्य कारण गरिवी भएको वताउनुभएको छ । गरिवी र अशिक्षाले गर्दा नेपाली चेलीहरु दलालको पंजामा फस्ने गरेको वताउदै खनालले त्यस्ता दलालहरुको भण्डाफोर गर्नुपर्ने वताउनुभएको हो ।
कपिलवस्तुको कृष्णनगरमा आयोजीत मानव वेचविखन तथा महिला हिंसा सम्वन्धी अन्तरक्रीया कार्यक्रमलाई संवोधन गर्दै सभापति खनालले नेपालमा महिला हिंसाका घटना वढनु दुखद भएकोले जनचेतना वढाउने खालका कार्यक्रमहरु गर्नुपर्ने वताउनुभएको छ । शिक्षीत र सभ्य समाज निर्माणको लागी महिलाको अग्रसरता हुनुपर्ने र महिलालाई हरेक क्रीयाकलापमा अगाडी वढाउन सके समाजको विकास छिटो हुनेमा विश्वास व्यतm गर्नुभएको छ ।
कार्यक्रममा कृष्णनगर नगरपालीका नगरप्रमुख रजत प्रताप शाहले कुनै पनि काममा लैगींक विभेद गर्न नहुनेमा जोड दिनुभयो । प्रमुख शाहले नगरपालीकाले छोरीहरुलाई बिधालय पुराउन विभिन्न खालका अभियान संचालन गर्ने वताउनुभएको छ । छोरी चेलीलाई शिक्षीत वनाउन नसके समाज सहि दिसामा जान नसक्ने वताउदै महिलाई अवसर प्रदान गर्नुपर्ने वताउनुभएको छ । शाहले कृष्णनगर नगरपालीकाले मानव वेचविखनका घटनालाई न्युकरण गर्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको वताउनुभएको छ । उहाले वेचविखन विरुद्ध संचालन गरिएका हरेक अभियानहरुलाई नगरपालीकाले सहयोग गरेको वताउनुभयो ।
त्यस्तै के आई नेपालका अध्यक्ष ईन्द्र भटराईले नेपालमा मानव बेचविखनको तथ्याङ डरलाग्दो रहेको वताउनुभएको छ । विभिन्न प्रभोलनमा वेचविखनमा परेका हजारौ चेलीहरुलाई वर्षेनी आफनो संस्थाले उद्धार गरेको दावी गर्नुभएको छ । १०९ औ अन्तराष्टिय महिला श्रमीक दिवसको अवसरमा लैंगीक समानताका लागी समान सोच र व्यवहार ,, समृद्धीको आधार भन्ने नारा सहित कृष्णनगर नगरपालीकाको आयोजना , के आई नेपाल र दलित मानव अधिकार निगरानी समीतीको संम्वयमा कृष्णनगरमा उधोग वाणिज्य संघको सभा हलमा सम्पन्न कार्यक्रममा संचार क्षेत्रवाट महिला हिंसा विरुद्ध कलम चलाएको भन्दै संचारकर्मीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख सवनम खातुन ईलाका प्रसासनका साखा अधिकृत जग्दीस अर्याल , एसएसपि भगवान मल्ल , , सान्ति पुर्नस्थापना केन्द्रका भुमीराज भटराई लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रम नगरप्रमुख रजत प्रताप शाहको अध्यक्षता जिल्ला संम्वयन समितिका सभापति नारायण खनालको प्रमुख आतीथ्यता , केआई नेपालका केशर विश्वकर्माको स्वागत र दलीत मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारको संचालनमा सम्पन्न भएको छ ।