कपिलवस्तु । एक थान कटुवा पेस्तोल सहित कपिलवस्तुको कृष्णनगर नगरपालिका ९, बहादुरगञ्ज बस्ने २९ वर्षे बजरङ्गी कुर्मी पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरले पेस्तोलसहित कुर्मीलाई कृष्णनगर १, डबरा चोकबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका कुर्मीको साथबाट पेस्तोल र हतियारमा प्रयोग हुने १ थान खोका बरामद गरिएको प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिए। कुर्मी माथी हातहातियार तथा खरखजनासम्बन्धी मुद्दा चलाइने रावलले बताए ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको कुर्मीलाई प्रहरी थुनुवा कक्षमा राखी अन्य थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ । उता, कृष्णनगर नगरपालिका– ६ भिल्मीमा अबैध औषधीसहित एक जना भारतीय पक्राउ परेका छन् । भिल्मी नाका हुँदै विभिन्न किसिमका एक लाख मूल्यका औषधीसहित भारतको सिद्धार्थनगरका सुजर मौर्यलई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बोरामा राखेर साईकलमा ल्याइरहेको आवस्थामा मौर्य पक्राउ परेको प्रहरीले जनाएको छ ।
पेस्तोल सहित कपिलवस्तुमा एकजना पक्राउ
पेस्तोल सहित कपिलवस्तुमा एकजना पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया