जायश्वर जैसी पुजा, प्युठान । देशभर हिमपात भएसँगै पुनः दोस्रो पटक उत्तरी प्युठानका नौबहिनी र गौमुखी गाउँपालिकाका पुजा, खुङ्ग, अर्खा, नारीकोट, रजवारा, लिवाङ, खबङ्ग, डाम्री, लिघा, फोप्ली, स्याउलीवाङ लगायत आसपासका स्थानहरूमा गए राती भारी हिमपात भएको छ ।
हिजो साँझदेखि बिहानसम्म परेको हिमपातले जनजीवन कष्टकर बनाएको छ । डाँडाकाँडामा यस अघि हिउँ परेपनि मानवबस्तीसम्म हिमपात भएको थिएन । यसपालि गाउँ बस्तीसम्म नै हिउँ र असिना पर्दा कृषकले लगाएको अन्नबाली तथा तरकारीबालीमा निकै ठुलो क्षति भएको स्थानीयहरूले गुनासो गरेका छन् । बारीमा लगाएको गहुँ, जहुँ, तोरी, केराउ, गोभी, प्याज, टमाटरको हिउँले क्षति पुर्याएको हो ।
“चिसोले केटाकेटी एवम् बुढाबुढीलाई घर बाहिर निस्कनै नसक्ने अवस्था छ” त्यहाँका स्थानीय बताउँछन् । पशु चौपायालाई पनि हिमपातले अफ्ठ्यारो बनाएको छ ।
Advertisement