रमेश गिरी,प्युठान। प्युठान नगरपालिका वडा न. ९ धगेका एक स्थानीयले ब्याक्तिगत लगानीमा सुपा देउराली मन्दिर निर्माण गरेका छन।
परम्परागत संस्कृतिकाे संरक्षण ,नैतिकवान, सु- सभ्य समाजनिर्माण गर्न टेवा पुगाेस भन्ने हेतुले धगे गाउँ निवासी मीन बहादुर केसीले आफ्नो एकल लगानीमा मन्दिर निर्माण गरेका हुन। । ३ लाख ५० हजार रुपैयाँको लगानीमा मन्दिर बनेको हो। प्युठान नगरपालिकाका उपमेयर शान्ता अाचार्यले एक कार्यक्रमका बिच नबनिर्मित मन्दिरकाे उदघाटन गरिन । कार्यक्रममा बोल्दै उपमेयर आचार्यले
समाज परिवर्तनकाे लागि सामाजिक ,अार्थिक, शैक्षिक र साँस्कृतिक पक्षकाे विकासमा स्थानिय जनसमुदायकाे सक्रियता हुनु सकारात्मक रहेको बताईन ।
धार्मिक सम्पदाकाे संरक्षणमा मीन बहादुर केसीले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको उनको भनाई छ ।
उक्त कार्यक्रममा प्युठान नगरपालिका वडा न .९ का वडा अध्यक्ष नेहरसिंह केसी लगायतका जनप्रतिनिधिहरूकाे पनि उपस्थिति थियाे । ३ सय भक्तजनहरूकाे सहभागीता रहेकाे उक्त धार्मिक कार्यक्रममा सहभागीलाई प्रसाद प्रदान गरिएकाे थियाे ।
ब्याक्तिगत लगानीमा बन्यो ‘सुपादेउराली मन्दिर’
ब्याक्तिगत लगानीमा बन्यो ‘सुपादेउराली मन्दिर’
Advertisement
तपाईको प्रतिक्रिया