सागर रिजाल ÷प्युठान। नेपाल सरकार कृषि तथा भूमि पशुपछीं विकास मन्त्रालय किसानका लागि उन्नत विउविजन कार्यक्रमको सहयोगमा प्युठानको झिमरुक गाउँपालिका वडा नंम्बर ३,४ र ५ , वडा नं ६,७, गौमुखी गाउँपालिकाको वडा नंम्बर ४ र ५, नौवहिनी गाउँपालिकाको १,२,३,४,५,६,७ र ८ , मल्लरानी गाउँपालिका वडा नंम्बर २ र ३ माण्डवी गाउँपालिकावडा नंम्बर ३ र५ र स्वर्गद्धारी नगरपालिकाको वडा नंम्बर ३ र ५ मा स्थापना भएका साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कृषि सहकारी संघका अध्यक्ष दिन बहादुर जिसी अध्यक्षता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल , केन्द्रिय सरकार संघका प्रतिनिधि, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि,जिल्ला सहकारी संघका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, स्वर्गद्धारी नगरपालिका प्रमुख, मल्लरानी माण्डवी,नौवहिनी , गौमुखी, झिमरुक गाउँपालिकाका अध्यक्षहरु र सहकारीकर्मिहरुको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।
मन्त्रीद्धारा हस्तान्तरण
साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले गरेकी हुन् । उनले हस्तान्तरण गर्दै साना किसान सहकारीमार्फत आफ्नो खुट्टामा आफै उभीन सफल भएकोमा सहकारीकर्मिहरुलाई बधाई दिईन् । राष्ट्रको समृद्धिकालागि सहकारी क्षेत्रको महत्वपूर्ण योगदान हुने उनले बताईन् उनले भनिन,–‘एकिकृत बस्ती विना सहकारीको विकास गर्न सकिदैन् । ’ सबै प्रकारका सुविधा प्राप्त गर्न एकिकृत बस्तीको आवश्यकता रहने उनले बताईन् । काम गरेर खाने कहिले गरिब नहुने उनले बताईन् । उनले भनिन,–‘मगन्ते प्रविति हटाई परिश्रमी भएर आफ्नो खुट्टामा आफै उभीन सिक्नुहोस । ’
हस्तान्तरण कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उनले आफ्नो सरकार आएपछि पहिलो वर्ष संघीयतालाई साथ दिन आवश्यक काम गरेको बताईन् । अहिले हामीले राष्ट्र निमार्णको जग बसाल्ने काम गरेको उनको भनाई थियो । उनले भनिन,–‘अब हामी घोषणा पत्र बमोजिम देशको समृद्धिमा लाग्छौँ । ’
महिलाहरु पुरुष सरह हुनुपर्छ ः मन्त्री अर्याल
महिलालाई सम्पतीमा स्वामित्व दिलाउन सयुक्त लालपुर्जाको व्यवस्था गरेको उनले बताईन् । उनले भनिन,–‘महिलालाई आर्थिक रुपमा शशक्तिकरण गर्न यसप्रकारका साना किसान सहकारी संस्था सञ्चालन गरिएको हो । ’ संविधानमा महिला पुरुष बराबर भनेर लेखिएपनि व्यवहारमा अझै परिवर्तन नभएको उनले बताईन् ।उनले भनिन,–‘आफ्नो अधिकार जमाउन महिला शशक्तिकरण हुन जरुरी छ । ’ उनले सहकारी मार्फत उत्पादन वढाउन आग्रह गरिन् । गाउँमा स्थानीय उत्पादन गर्नुस तपाईहरु बजार लगेर बेच्न जानुपर्दैन, किन्ने आफै खोज्दै तपाईहरुकहाँ आउने उनले बताईन्। सबै संगसंगै धनी हुने अभियान सहकारी भएकाले सबै व्यक्ति उत्पादनमा जोडिई गरिवि घटाउने तर्फ लाग्न उनले आग्रह गरिन् ।
मन्त्रीद्धारा सहकारी संस्था व्यवस्थापन हस्तान्तरण
मन्त्रीद्धारा सहकारी संस्था व्यवस्थापन हस्तान्तरण
Advertisement
तपाईको प्रतिक्रिया