महेन्द्र सिंह /सुरज मेघनाथ
बाँकेको नेपालगन्ज त्रिभुवन चोक स्थित रानी तलाउ सडकमा आज आगलागी भएको छ । महेन्द्र पुस्तकालय बगलमा रहेको पुजा टेन्ट लाइट हाउसमा बिहिबार आगलागी भएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले उपमहानगरपालिकाको दमकल र नेपाल प्रहरी सशस्त्र प्रहरी स्थानीयबासी लगाएतले आगो नियन्त्रणमा लिएको बताए। आगलागीवाट ५ लाख बराबरको धनमाल जलेर नस्ट भएको छ। भने आगलागीकै बेला घरको छतबाट खसेर एक जना गम्भीर घाइते भएका छन् । ‘घाइतेको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी राजेन्द्र अर्यालले जानकारी दिए।
Advertisement