सागर रिजाल ,प्युठान । प्युठान नगरपालिका ६ माझ्काेटमा विहिवार साझ परेको चट्याङमा परि दुईजाना घाईते भएका छन । प्युठान नगरपालिका -६ मा बस्ने वर्ष ४८ कि प्रेमा पाेख्रेल र साेहि ठाउंकि २१ वर्षे अमृता बुढाथाेकि घाईते भएकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । घाईते दुबैजनालाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार ल्याईएको छ ।घाईते दुई मध्य अमृताकाे अवस्था सामान्य रहेकाे र प्रेमाकाे अलि जटिल छ ।
Advertisement