माधव बेल्वासे,(चन्द्रौटा) कपिलवस्तु
कपिलबस्तु शिबराज नगरपालिका ५ चन्द्रौटामा बसको ठक्करवाट एक जना घाइते भएका छन । कृष्णनगरबाट बुटवल तर्फ आउदै गरेको लु १ ख ७०३८ नं.को बसले पैदल यात्रि ६० वर्षिय नरी प्रसाद उपध्यायलाई ठक्कर दिदा घाइते भएको प्रहरीले जनाएको छ । घाईते उपाध्येयको टाउको,हात र खुटामा चोट लागेकोले बुटवल पठाईएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ । ठक्कर दिने बस र चालक वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Advertisement