सागर रिजाल,प्युठान । नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) ऐरावती गाउँपालिका संगठन कमिटिका सदस्य भरत खड्काको ममतामयी आमा स्वर्गीय रुकादेवी खड्काको सम्झनामा श्रद्धाञ्जलीसभा गरिएको छ । १३ औँ दिनको पुण्यतिथीको अवसरमा ऐरावती गाउँपालिका संगठन कमिटिले मृतकको घरमै पुगी श्रद्धाञ्जली सभा गरेको हो ।
मृतकका छोरा खुम बहादुर खड्काको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष तथा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) ऐरावती गाउँपालिका संगठन कमिटिका अध्यक्ष बुद्ध बहादुर बस्नेत, संगठन कमिटि सचिव श्याम थापा, नेकपा कार्यदल सदस्य टिका बहादुर गुरुङ लगाएतको उपस्थितीमा श्रद्धाञ्जली सभा गरिएको हो ।
श्रद्धाञ्जली सभामा मृतकको खड्काको जीवनीको बारेमा नेकपा गाउँपालिका सचिव श्याम थापाले बताउनुभएको थियो । उहाँको निधनले पार्टी संगठनमा ठूलो चोट पुगेको बताउनुभयो । मृतक आमाले देखाउनुभएको बाटोमा पार्टी संगठन लाग्नुपर्ने उहाँको भनाई छ । उहाँले देखाएको बाटो अनुसार छोरा पनि नेकपा संगठन कमिटीमा काम गरेको बताउनुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष तथा नेकपा गाउँपालिका संगठन कमिटी अध्यक्ष बुद्ध बहादुर बस्नेतले मृतक रुकादेवी खड्काको प्रेरणा भूल्न नसकिने बताउनुभयो । मृतक खड्का यस क्षेत्रमा पार्टी संगठनको अभिभावक हुनुहुन्थ्यो, उहाँले भन्नुभयो,–‘उहाँले देखाएको बाटो पछ्याउदै संगठन कमिटि अगाडी वढ्छ । ’ श्रद्धाञ्जली सभाका प्रमुख अतिथी समेत रहनुभएका उपाध्यक्ष बस्नेतले मृतकको परिवारको पक्षमा सदैव पार्टी संगठन रहेका समेत बताउनुभयो । माघ १७ गते ७३ वर्षके उमेरमा खडकाको निधन भएको थियो।
खड्काको सम्झनामा श्रद्धाञ्जली सभा
खड्काको सम्झनामा श्रद्धाञ्जली सभा
Advertisement
तपाईको प्रतिक्रिया