सागर रिजाल,प्युठान।
ऐरावती गाउँपालिका –५ बालसुधार प्राथमिक विद्यालय खवाङमा सरस्वती मन्दिर उद्घाटन गरिएको छ । सरस्वती पुजाको अवसरपारी वडा अध्यक्ष चन्द्र बहादुर रोका मगरले मन्दिरको उद्घाटन गर्नुभएको हो ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर रावलको अध्यक्षतामा मन्दिर उद्घाटन गरिएको हो । १ लाख २५ हजार रुपिँया लागतमा विद्यालयको हाताभित्रै सरस्वती मन्दिर निमार्ण गरिएको छ । समाजसेवी दिल बहादुर खत्रीको सहयोगमा भवन निमार्ण गरिएको हो । सहयोगदाता खत्रीलाई भवन उद्घाटन कार्यक्रममा ढाकाटोपी, दोसल्ला लगाएर सम्मान गरिएको थियो । त्यस्तै विद्यालयलाई रु ३० हजार बराबरको कम्प्युटर समेत प्रदान गर्नुभएको छ ।
भवन उद्घाटन गर्दै वडा अध्यक्ष रोका मगरले विद्याकी धनी सरस्वतीको सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले सहयोगदाता दिल बहादुर खत्रीलाई सम्मान गर्दै आगामी दिनमा पनि सहयोग अपेक्षा विद्यालयले गरेको बताउनुभयो ।
विगतका दिनहरुमा पोष्टरमा सरस्वती पुजा गरेपनि यस आर्थिक वर्षबाट मन्दिर निमार्ण गरि पुजा गर्न पाएकोमा विद्यालयका विद्यार्थी, शिक्षक , अभिभावक खुसी भएका छन् ।
विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता
झिमरुक ईङलिस वोडिङ स्कुल ऐरावती ६ चुजाठाँटी प्युठानको आयोजनामा सरस्वती पुजाको अवसर पारी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ६ वटा विद्यालयको उपस्थितीमा गरिएको प्रतियोगितामा प्रथम झिमरुक ईङलिस वोडिङ स्कुल, दृतिय भानुभक्त माध्यामिक विद्यालय बर्बोट, तृतिय जनता माध्यामिक विद्यालय विजुली र सान्तवना शारदा माध्यामिक विद्यालय चौरपानी भएका छन् ।