नयांदिल्ली । अखिल भारत नेपाली एकता मन्चका सचिव आरवी खड्काले नेपाली राजदुतावास भारतका महामहिम कार्यवाहक राजदुत भरत कुमार रेग्मीले धम्काएको भन्ने खबरमा कुनै सत्यता नरहेको बताएका छन । कार्यबाहक राजदुतले आफुलाई धम्काएको भनी यहि माघ २१ गते संचारमाध्यमहरुमा आफ्नो नाम समेत जोडेर समाचार सार्वजनिक भएपछी उनले आपत्ती जनाएका हुन। कामना डेलीसंग टेलिफोनमा कुराकानी गर्दै आफुलाई जानकारी नै नभएको बिषयमा आफ्नो नाम मुछेर समाचार बनाईएको प्रती आपत्ती जनाए। ‘मलाई यो बिषयमा केही जानकारी नै छैन।’उनले भने ‘मेरो नाम समाचारमा कसरी जोडिन आयो म दङग छु।’ नेपाली राजदुतावास नया दिल्ली भारतका महामहिम राजदूत कार्यवाहक राजदूतले धम्काएर पठाएका छन भन्ने विषयको शिर्षकको लेख प्रति मेरो नाम जोडेर धम्काएर पठाएका भन्ने बिषयमा कुनै सत्यता होइन। उनले भनेका छन। महामहिम राजदुत र राजदुतावाससंग समेत सम्वन्ध प्रगाड रहेको उनले सुनाए। मेरो नाम किन जोड़ियों कसले जोडयो। उनले भनेका छन।
गत जनवरी २५ का दिन नयां दिल्ली स्थित नेपाली दुतावासमा रहेको कार्यवाहक राजदुत रेग्मीको कार्यकक्षमा प्रवासी नेपालीहरुका समस्याको बारेमा अवगत गराउने गरि गएका हेल्प नेपाली मिशन भारतका अध्यक्ष कवि कार्की र अखिल भारत नेपाली एकता मन्चका सचिव आरवी खड्कालाई रेग्मीले धम्काएर पठाएका थिए भनी समाचार प्रकाशित भएको थियो । समाचारको खड्काले खण्डन गरेका छन । यस्ता झुठा र अनर्गल समाचार आगामी दिनमा नलेख्न उनले आग्रह समेत गरे। पाठक बृन्दहरु केही दिन अघि हामिले प्रकाशन गरेको खबर प्रती अखिल भारत नेपाली एकता मन्चका सचिव आरवी खड्काले आपत्ती जनाउनुभएकोले उक्त समाचार सामाग्री हटाईएको जानकारी गराउछौ। हामी क्षमाप्राथी छौं।
धम्काएको भनी प्रचार सत्य होईन’:खड्का
धम्काएको भनी प्रचार सत्य होईन’:खड्का

Advertisement
तपाईको प्रतिक्रिया