कामना डेली,माघ। जिल्लाकाे मुसिकाेट नगरपालिका ८ वामी मैदानमा ग १ च ८३५७ नम्बरको निजी वलेराे पिकअप जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि स्थानीय २८ बर्षिय ठाकुर सापकोटा र ६४ बर्षिय पुतली ठकुरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मिका प्रमुख एसपी दिपक वस्नेतका अनुसार स्थानीय ४८ वर्षिय हरिकला कार्की र १६ बर्षिय कमल कार्की गम्भीर घाइते भएका छन । जीप ब्याक गर्दा घटना भएको खुल्न आयको छ! घाइतेको पाल्पा साखा लुम्बिनी मेडिकल वामिटक्सारमा प्राथमिक उपचार गरि पाल्पानै रिफर गर्ने तयारी हुँदै छ,भने मृतकको पोस्टमाटमको लागि तम्घास लगिदै छ। मैदानवाट वामी वजार अाउने क्रममा जिप दुर्घटनामा परेकाे पत्रकार समेत रहेका स्थानीय लाेक प्रसाद छन्त्यालले जानकारी दिएका छन । जिपमा ४ जना मात्र सवार रहेका थिए । मृतक सापकोटा गाडी मालिक भएकाे उनैले जिप चलाएकाे वताईएकाे छ ।
गुल्मीमा जिप दुर्घटना, २ जनाकाे घटनास्थलमै मृत्युु
गुल्मीमा जिप दुर्घटना, २ जनाकाे घटनास्थलमै मृत्युु

Advertisement
तपाईको प्रतिक्रिया