Advertisement
गुल्मी । गुल्मीमा चट्याङ लागेर एकै परिवारका ३ जना घाइते भएका छन् ।
मालिका गाँउपालिका वडा नम्बर ६ अर्जैका सुर्य बहादुर खत्री, उनकी श्रीमती र १५ बर्षिय छोरी घाईते भएको वडाध्यक्ष शोभाकर गिरिले जानकारी दिनुभयो । घाइते तिनै जनालाई उपचारको लागि सदरमुकाम तम्घास पठाइएको छ ।
चट्याङ लागेपछि उनको गोठ समेत जलेर नष्ट भएको छ । अगालागिबाट भएको भौतिक क्षतिको सबै विवरण नआइसकेको वडाध्यक्ष गिरीले बताउनुभयो ।