स्मृती घर्ती मगर,प्युठान
नेपाल मगर बिद्यार्थी संघ प्युठानको आठौँ जिल्ला अधिबेशनलले चित्र बहादुर रोका मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
जस्को उपाध्यक्षमा राजेन्द्र घर्ती मगर, सचिबमा ओम बहादुर घर्ती मगर, सहसचिबमा उषा पुन मगर र कोषाध्यक्षमा मालती पुन मगर रहनु भएको छ।
त्यस्तै सदस्यहरुमा स्मृती घर्ती मगर, खगेन्द्र थापा मगर, शृजना घर्ती मगर, महेश बुढा मगर, भारती पुन मगर, निसा घर्ती मगर, निर्मल घर्ती मगर र धनीराम पुन मगर रहनु भएको छ।
नेपाल मगर बिद्यार्थी संघ प्युठानको आठौँ जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल मगर बिद्यार्थी संघ प्युठानका अध्यक्ष जेद घर्ती मगर ‘जोन’ले गर्नु भएको थियो भने बिषेश अतिथि नेपाल मगर बिद्यार्थी संघका पुर्ब केन्द्रिय सदस्य पदम बुढाथोकी मगर रहनु भएको थियो,
राष्ट्रिय गान संगै सुरु भएको कार्यक्रममा १ मिनेट मौन धारण गरिएको थियो भने कार्यक्रमका बिषेश अतिथि तथा नेपाल मगर बिद्यार्थी संघका पुर्ब केन्द्रिय सदस्य पदम बुढाथोकी मगरले ब्यानर पढेर कार्यक्रमको बिधिबद् रुपमा उद्घाटन गर्नु भएको थियो।
संघका सचिब चित्र बहादुर रोका मगरले सञ्चालन गर्नु भएको कार्यक्रममा संघका सहसचिब रुकमान पुन मगरले स्वागत मन्तब्य राख्नु भएको थियो।
नेपाल मगर सास्कृतिक संघ प्युठानका उपाध्यक्ष स्मृती घर्ती मगर, गिर बहादुर घर्ती मगर,राजेन्द्र घर्ती मगर, सशिधर पोख्रेल, बिषेश अतिथि पदम बुढाथोकी लगायतले मन्तब्य राख्दै मगरहरु पछी पर्नुको मुख्य कारण भनेको शिक्षा र गरिबी भएको भन्दै अब सबै मगरहरुलाई शिक्षाको पहुँचमा पुर्यानको लागी सबै पक्षबाट पहल हुन जरुरी रहेको कुरा उल्लेख गरेका छन्। त्यस्तै देशमा परिबर्तन ल्याउनको लागी धेरै मगरहरुले बलिदान गरे पनी अन्त्यमा निर्णय र नेतृत्व गर्न पाउने अधिकारबाट बन्चित भएको बताएका छन्। उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले आफ्नो भाषा, भेषभुषा, कला, संस्कृतीलाई उत्थान गर्नको लागी सबै जना एकजुत भएर लाग्नु पर्ने कुरामा जोड दिएका छन्।
उद्घाटन कार्यक्रमको समापन गर्दै अध्यक्ष ‘जोन’ले सरकारबाटै आफुहरुलाई पछाडी पार्ने काम भएको भन्दै दुःख ब्यक्त गर्नु भएको छ। साथै आफुहरुलाई कुनै पनी खाले भेदभाब सैह्य नहुने भन्दै आफ्नो क्षमता प्रदर्शन गर्न कोही कसै पछाडी पर्न नहुने बताएका छन्।
नेपाल मगर बिद्यार्थी संघ प्युठानको अध्यक्षमा रोका मगर चयन
नेपाल मगर बिद्यार्थी संघ प्युठानको अध्यक्षमा रोका मगर चयन

Advertisement
तपाईको प्रतिक्रिया