• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

झुलेनी गएर त हेर !


  •   आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
  • केशर रोका÷झुलेनी(प्यूठान)

    Advertisement

    अग्लो डाँडो । गर्मीमा बसीरहौँ लाग्ने शितलता । समुन्द्री सतहदेखि एक हजार नौ सय ९१ मिटर उचाई । गाडीबाट ओर्लेपछि अलिकती पैदल हिड्नुपर्ने । तर, पुगेपछि छुट्टै आनन्द लाग्ने ‘झुलेनी’ । प्यूठान नगरपालिका–६ माझकोटमा पर्ने झुलेनीको आफ्नै विशेषता छ । स्थानीय बुढापाकाका अनुसार देशभर रहेका भण्डारी गोत्रीयहरुको उत्पती यहीबाट भएको हो । जातिय संस्कृतिसँग जोडिएको यस क्षेत्रमा थुप्रै संभावना छन् ।

    मनोरम एवं प्राकृतिक सौन्दर्यताले भरिपूर्ण झुलेनीको प्रवद्र्धनमा स्थानीय कस्सिएका छन् । ढाँडमेला सामुदायिक वन क्षेत्रमा झुलेनी रहेको छ । अव्यस्थित रुपमा फैलिएको झाडीलाई स्थानीयले फडानी गरेर चिटिक्क पारेका छन् । भण्डारी बन्धुहरुको उद्गमस्थल र मनोरम पर्यटकीयस्थलको रुपमा विकास गर्नेगरी स्थानीयले सक्रियता बढाएका छन् । गर्मीयाम, बजार क्षेत्र र कोलाहलमा बसेर दिक्क मानेकाहरुलाई यस ठाउँ सवैको नजरमा पर्नसक्ने देखिन्छ ।

    प्यूठान नगरपालिकास्थित धर्मावतीको खप्रेङखोला–खलीगाउँ हुँदै आरुगैरासम्म नियमित जिप संचालन छ । आरुगैरा ओर्लेपछि झण्डै दुई किलोमिटर पैदल हिडेपछि झुलेनी पुग्न सकिन्छ । कालीपोखरीबाट झुलेनीसम्म करिव पैदल मार्ग निर्माण गरिएको छ । स्थानीयले कालीपोखरीसम्म मोटरवाटो निर्माण गर्न माग गरेका छन् । यहाँसम्म गाडी करिव आधा घण्टा हिडेपछि झुलेनीमा पुग्न सकिने छ ।

    लुकेर रहेको झुलेनीको विकास एवं प्रवद्र्धनका लागि यसवर्ष पूर्वाधार निर्माणको काम भइरहेको छ । झुलेनी क्षेत्रभरी रहेको झाडी सफा गर्ने, पैदल मार्ग निर्माण, वृक्षारोपण गरिएको छ । केही दिनभित्रै तारजाली लगाएर संरक्षित गर्ने योजना समेत स्थानीयले बनाएका छन् । ‘प्रचारप्रसारको अभावले संभावनाले भरिपूर्ण झुलेनी ओझेलमा परिरह्यो’,झुलेनी संरक्षण समितिका अध्यक्ष माधवराज भण्डारीले भने,‘नेपाल पर्यटन वोर्डबाट दशलाख रुपैयाँ बजेट आएपछि संरक्षणमा जुटेका छौँ ।’ यसअघि केही निकायमा झुलेनीको विकासमा बजेट माग गरेपनि सुनुवाई नहुँदा काम गर्न नसकिएको उनले सुनाए । ‘एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाको पहलमा दशलाख बजेट प¥यो’,भण्डारी भन्छन्,‘स्थानीय पनि खुसी भएका छन् ।’ प्राप्त बजेटले स्थानीय समुदायलाई परिचालित गरी काम गरिएको उनले जानकारी गराए ।

    छिट्टै झुलेनी क्षेत्रको विस्तृत गुरुयोजना बनाएर भौतिक पूर्वाधार निर्माणको कामलाई तिव्रता दिने योजनामा रहेको समितिका सचिव धनेश्वर भण्डारीले जानकारी गराए । पिकनिक स्थल, भ्यू टावर निर्माण, होमस्टे, प्रतिक्षालय, खानेपानीको व्यवस्थापन गर्नेगरी योजना अघि बढाइने उनले सुनाए । ‘देशभरीका भण्डारीबन्धुलाई एकपटक झुलेनीको वारेमा जानकारी गराउदैछौँ’,उनले भने,‘प्रदेश पाँचकै रमणीय क्षेत्रको रुपमा यसलाई विकास गर्नेगरी योजना अघि बढ्नेछ ।’ विभिन्न निकायहरुले गरेको आर्थिक सहयोगलाई सही रुपमा परिचालन गर्न स्थानीयवासीले भरपूर्ण साथ गरेकाले कार्यान्वयनमा सहजता मिलेको उनले अनुभव सुनाए ।

    प्यूठान नगरपालिकाले छिट्टै नगर पर्यटन गुरुयोजना बनाउने तयारीमा रहेको प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारीले जानकारी गराए । ‘नगरको पर्यटन गुरुयोजनामा झुलेनीलाई विशेष प्राथमिकता दिइने छ’,उनले भने,‘हरेक हिसावले यस क्षेत्रमा संभावना देखिन्छ ।’

    स्थानीयको आर्य आर्जनसँगै नगरपालिकाको समृद्धीसँग यसलाई अघि बढाउन सकिने उनले बताए । नेपाल पर्यटन बोर्डबाट चालु आर्थिक वर्षमा दशलाख रुपैयाँ बजेट नगरपालिकाको खातामा आएपछि काम थालिएको उनले सुनाए ।

    छिमेकी नौवहिनी गाउँपालिकासँग समेत झुलेनी जोडिएको छ । साविकको फोप्ली वडा नम्वर २ को केही भाग यस क्षेत्रमा पर्दछ । भौतिक पूर्वाधार निर्माणमा नौवहिनीले समेत प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत थानेश्वरी भण्डारीले जानकारी गराए । ‘देशभरका भण्डारीको इतिहास यहीबाट उपलव्ध हुनेगरी योजना बनाउनुपर्छ’,उनले भने,‘आकर्षण पर्यटकीय गन्तव्यको रुपमा अघि बढ्ने गरी विस्तृत गुरुयोजनामा ध्यान दिनुजरुरी छ ।’ मनोरम एवं शान्तिपूर्ण झुलेनी क्षेत्रको प्रर्वद्धन एवं विकास गर्नसके आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने आशा गरिएको छ ।

    हरियाली झुलेनी बनाउनका लागि जिल्ला वन कार्यालयसँगको सम्वन्यमा वृक्षारोपण समेत गरिएको छ । धुपीसल्ला र कपुर गरी तीनसय ५० वटा विरुवा रोपिएको छ । भण्डारीहरुको इतिहाससँग जोडिएको र खेर गइरहेको सामुदायिक वनलाई स्थानीयको आर्य आर्जनसँग जोड्ने उद्देश्यले वन कार्यालयले विरुवा निःशुल्क उपलव्ध गराएको रेञ्जर हरी पौडेलले बताएका छन् । ‘नेपालमा सामुदायिक वनबाट करोडौँ रुपैयाँ कमाउनेहरु पनि छन्’,उदाहरण सुनाउँदै उनले भने,‘झुलेनी क्षेत्रलाई पनि पर्यटनसँग जोडेर राम्रो आम्दानी गर्न सकिन्छ।

    केशर रोका प्युठानबाट अन्नपुर्ण पोष्टमा लेख्छन ।

    आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...