काठमाडौं । सरकारले अध्यादेशमार्फत कर्मचारी समायोजन विधेयक ल्याउने तयारी गरेको छ । प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि विधेयक ल्याउन लागिएको हो ।
Advertisement
सरकारले ल्याउन लागेको अध्यादेशमा ३५ दिनभित्र तोकिएको मुकाममा हाजिर नहुने कर्मचारीलाई सिधै अवकाश हुने व्यवस्था गरिएको छ । तर, सुत्केरी, किरिया र अध्ययन बिदामा बसेकाको हकमा यो नियम लागु हुने छैन । पाँच वर्ष सेवा गरेकालाई एक तह बढुवा गरेर पठाउन लागिएको छ ।
अध्यादेशमा कानुन नबनेसम्म प्रदेशको प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत भने संघीय सरकारले खटाउने व्यवस्था गरिएको छ ।