टेकबहादुर पुन
लमही, मँसीर १३/ इतिहासमै पहिलोपटक देउखुरीको राजपुरमा खेलकुद महोत्सव हुने भएको छ ।
आर.एस स्पोर्ट्स म्यानेजमेन्ट सर्भिस प्रा. लि. र राजपुर गाउँपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा महोत्सब हुन लागेको हो । मंसिर ३० गते देखि पौष ४ गते सम्म सँचालन हुने महोत्सबमा भलिबल, क्रिकेट, फुटबल लगायतका खेल रहेका छन् ।
महोत्सव लाई ब्यबस्थित र व्यापक रुपमा चर्चा अनि परिचर्चा गराएर संचालन गर्नका लागि सबैले सहयोग गर्नुपर्ने राजपुर गाउँपालिका वडा ५ का वडा अध्यक्ष नरेन्द्र सिँह भण्डारीले बताउनु भयो ।
अति दुर्गम र बिकट क्षत्र मानिएको राजपुरमा खेलकुद महोत्सव संचालन गरेर सबैको ध्यान केन्द्रित गर्ने र त्यहाँका युबालाई पनि सक्रिय बनाउने उद्देश्यले खेलको अायोजना गर्न लागिएको आर.एस स्पोर्ट्स म्यानेजमेन्ट सर्भिस प्रा. लि का सँचालक तथा अन्तर्राष्ट्रिय क्रकेट खेलाडी राजबिर सिँहले बताउनु भयो ।
खेलकुद महोत्सवको तयारी ९०% पूरा भैसकेको र खेलकुद महोत्सवमा सहभागी हुन अाउने खेलाडी लाई खान बस्न को लागि ब्यबस्था रहेको र ग्राउण्ड निर्माणको काम धमाधम भैरहेको अायोजकले जनाएको छ ।