अर्जुन बि.क., मंसिर ५ । मंसिरको महिनालाई लगनको महिना पनि भन्ने गरिन्छ । कति जोडि यो महिनामा आफुले मन पराएको मान्छेसंग विवाह बन्धनमा वाँधिएर खुसि हुन्छन् भने, कति जोडि आफुले मन पराएको मायालुबाट टाढा पनि हुने गर्छन् । तर प्युठानी गायक भरत गुरुङ्ग भने घरमा श्रीमति हुँदा हुँदै अर्की मायालाई मायाको डोरीले गाँठो पार्ने कुुरा गर्दैछन् । तर यो सबै वास्तविकतामा भने होईन, यो प्रसङ्ग हो उनको नयाँ गीत गाँठो पार्देउ कि डोरीलेको ।
जसमा भरत गुरुङ्ग र प्युठानकै गायीका उषा किरण थापाको स्वर रहेको छ भने गीतलाई तिर्सना म्युजिक प्रा.ली.ले व्यवस्थापन गरेको छ । मंसिरको पहिलो सातामै यु ट्युब मार्फत सार्वजनिक गरिएको भिडियोमा गायक गुरुङ्ग र शिवराज खनाल शिरिषको शब्द र स्वंय गुरुङ्गकै लय रहेको छ । विक्रम चौहानको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा लोमस शर्मा र जुना मगरको अभिनय देख्न पाईन्छ । गोदावरीको सुन्दर दृश्यमा छायाँकन गरिएको भिडियोको सम्पादन राजेश कुमारले गरेका छन् ।
गुरुङ्गले यसअघि तिमिले मलाई सानु, घायलै पार्यो मायाले, मनको तिर्खा, पस्मिनाको रुमाल लगायतका लोकगीत वजारमा सार्वजनिक गरिसकेका छन् ।
भिडियो हेर्नुहोस्
भरतले भने ‘गाँठो पार्देउ कि डोरीले'( भिडियो सहित)
भरतले भने ‘गाँठो पार्देउ कि डोरीले'( भिडियो सहित)

Advertisement
तपाईको प्रतिक्रिया