• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • १०. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

आत्मबल कसरी बढाउने ?


  •   मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित
  • काठमाडाैं । मलाई एउटा साथीले फोनमा भन्यो, ‘मेरो छाती भारी हुन्छ । निद्रा लाग्दैन, डर लाग्छ । केही भइहाल्ला कि भनेर तर्सन्छु । के गर्ने होला ?’ उनी ठूलो होटलका साहु हुन् । कोरोनाको त्रास बढेपछि होटल बन्द गरे ।

    Advertisement

    दुई–चार दिन घरमा बस्नुपर्दा छटपटी हुन थालिसकेछ। ती साथी मात्र होइन, कोरोनाका कारण सेल्फ क्वारेन्टाइनमा बसेका धेरैले यही मानसिक अस्थिरता झेलिरहेका छन्। कतिले त सामाजिक सञ्जालमै तनाव पोख्न थालेका छन्। यो बेचैनीले भाइरसबाट बचाउने प्रतिरक्षा क्षमता नै ह्रास हुन्छ।हामी सतर्क भइराख्यौं भने भाइरस त एकदिन परास्त भइहाल्छ तर त्यतिबेलासम्म नकारात्मक सोच र व्यवहारले हामी मनोवैज्ञानिक रूपमा कमजोर हुनेछौं। त्यसबाट मुक्ति मिल्न झन् मुस्किल पर्न सक्छ। त्यसैले कोरोनाबाट बच्नजत्तिकै दिमागलाई शान्त राख्न सजग हुनुपर्ने भइसकेको छ। त्यसका लागि चिकित्सककहाँ जानुपर्दैन, औषधि खानुपर्दैन। मात्र आफ्नो सोचाइ र व्यवहारमा परिवर्तन ल्याए पुग्छ।

    सबैभन्दा पहिले हामीले कोरोना विश्वव्यापी समस्या भएको छ, यस्तो प्रकोपले हरेकलाई धेरथोर तनाव दिन्छ, यो स्वाभाविक हो भनेर स्विकार्नुपर्‍यो। त्यसपछि बल्ल कोरोनाबाट बच्दै यो बेला कसरी खुसी हुन सकिन्छ, कसरी आत्मबल बढाउन सकिन्छ भन्ने सोच्ने हो। यसका लागि तीन पक्षमा नियन्त्रण हुनुपर्छ– मस्तिष्क, शरीर र व्यवहार।

    १) मस्तिष्क

    हामी पोखरीमा, नदीमा हाम्फाल्छौं भने पौडिन्छौं, हात–खुट्टा चलाउँछौं। यति गरिएन भने डुब्छौं भन्ने हामीलाई थाहा छ। ठ्याक्कै त्यस्तै कोरोनाबाट बच्ने तरिका छन्। घरमै बसियो भने कोरोना आफैं आउँदैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएका सुझाव पालना गरे पुग्छ। प्रलय आउँछ, जान्छ। भूकम्प आयो, गयो। यसरी सोच्नुपर्छ।

    जुन चिजले दिमागलाई नकारात्मक बनाउँछ, त्यो गर्नुभएन। जस्तो ः चौबिसै घन्टा कोरोनाबारे अपडेट भइरहनु आवश्यक छैन। समाचारमा कोरोना, युट्युब–फेसबुकमा कोरोना, साथीसँग कुराकानी गर्दा पनि कोरोना भयो भने दिमागमा असर गर्छ नै। कोरोनाले संक्रमण भएको, मरेको हेर्‍यो– थाहा पायो, त्यसमै आत्तिन्छौं। यो थाहा पाउँदैमा संक्रमणबाट बचिने वा अरु फाइदा हुने होइन। त्यसैले सामान्य जानकारीबाहेक कोरोनासम्बन्धी समाचारलाई बेवास्ता गर्नुपर्छ। छिनछिनको चासो घातक हुन्छ। सामाजिक सञ्जाललाई आफन्तसँग सम्पर्क गर्न सकिने माध्यमका रुपमा मात्र प्रयोग गरौं, न कि सूचनाको स्रोत।

    २) शरीर

    सामान्य अवस्थामा पनि शरीरलाई तन्दुरुस्त राख्नुपर्छ। यस्तो प्रकोप र तनावका बेला थप ध्यान दिनुपर्छ। स्वस्थबर्द्धक खानेकुरा खानुपर्छ। दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्छ। खाएर मात्र हुँदैन, सुत्नुपर्छ। कोरोनाको नकारात्मक सामग्री हेरिरह्यो भने निद्रा लाग्दैन तर आठ त घन्टा सुत्नैपर्छ। व्यायाम एकदमै आवश्यक छ। घरको सरसफाई गर्ने, वरपर हिँड्ने, आफूलाई सक्रिय राख्ने गर्नुपर्छ। तनाव भयो भन्ने बहानामा रक्सी, कफी खानुहुन्न। यसले त चिन्ता घटाउने होइन, झन् बढाउँछ।

    ३) व्यवहार

    यति गर्दा पनि निद्रा लागेन के गर्ने? जब तनाव महसुस हुन्छ, आँखा चिम्लेर लामो श्वास तान्ने, एकदेखि दशसम्म गन्ने अनि बिस्तारै छोड्ने गर्नुपर्छ। हातलाई छातीमाथि राखेर शरीरको हरेक गतिविधिमा एकाग्र भइयो, महसुस गरियो भने मन हल्का हुन्छ। दिनमा कम्तीमा दसपटक यस्तो गर्ने बानी बसालौं।

    दिमागमा कोरोना–कोरोना भयो भने त्यसबाट ‘डिस्ट्र्याक’ हुनैपर्छ। १ देखि १०० सम्म गन्ने, अनि १०० बाट उल्टो गन्दै ल्याउने अभ्यास प्रभावकारी हुन्छ। पूरै ध्यान गन्नमै लगाउनुपर्छ। युट्युबमा दिमाग शान्त बनाउने अनेक तरिका सिकाइएको भिडियो हुन्छन्, तिनलाई पछ्याउनु उपयुक्त हुन्छ।

    मानसिक बेचैनी हुँदा गीत, प्रहसन, फिल्म र सिरिजहरू एकदमै प्रभावकारी हुन्छन्। गीतलाई त थेरापी नै मानिन्छ। त्यसमाथि परिवारसँगै बसेर सुन्नुभयो, हेर्नुभयो भने अझ राम्रो। खासमा क्वारेन्टाइनमा बस्नुपरेको यो समय पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने अवसर पनि हो। एक–अर्कालाई ढाडस दिन सकिन्छ। सुख–दुःख सेयर गर्नुपर्छ। यसो गर्दा तनाव रिलिज हुन्छ।

    आममान्छेमा सकारात्मक भाव र आत्मबल बढाउन मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ। अहिले अखबार, अनलाइन टेलिभिजन हेर्दा लाग्छ, दुनियाँमा कोरोनाको त्रासबाहेक केही छैन। मन हल्का बनाउने कन्टेन्ट असाध्यै कम छन्। जस्तो : कोरोनालाई जितेकाहरुको कथाले धेरैलाई राहत दिन्छ। उसको भोगाइ पढ्दा आत्मविश्वास बढ्छ। चीनमा कोरोना पोजेटिभ भएकाहरूले अहिले स्वयंसेवीको काम गरिरहेका छन्। वृद्धवृद्धा पनि संक्रमणमुक्त भएका छन् तर यस्ता समाचारले कम प्राथमिकता पाउँछ।

    हामीमध्ये धेरैलाई के लागेको छ भने त्यति विकसित र सिस्टम भएको युरोपमा त्यतिधेरै मान्छे मरिरहेका छन् भने हामीकहाँ के होला? हरेक पल यस्तै भयले सताइरहेको हुन्छ तर त्यसरी सोच्नुहुन्न। झन्डै ९० प्रतिशत मान्छे त ‘रिकभर’ भइरहेका छन्। फेरि कहाँ के भयो भनेर चिन्ता लिने होइन, आफू सतर्क हुने हो। हामीले थाहा पाइसक्यौं कि यो हावामा उडेर आउँदैन। कोरोना महामारीबारे चाहिनेबाहेक अरु कुराको पछि नलागौं। कान्तिपुर दैनिकबाट साभार ।

    मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • २.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ४.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ७.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ८.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation