• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल


  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • काठमाडौं — प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल बनेको नेपाली कांग्रेसले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई चयन गरेसँगै उनी राजनीतिक वृत्तमा चर्चाको केन्द्रमा छन्। बुधबार संसद्‌मा उनले गरेको सम्बोधन सामाजिक सञ्जालदेखि राजनीतिक विश्लेषणसम्म व्यापक रूपमा भाइरल बनेको छ।

    Advertisement

    नयाँ निर्वाचनपछि कांग्रेस ३८ सिटसहित प्रतिनिधिसभाको दोस्रो ठूलो दल बनेको छ। अघिल्लो संसद्‌मा पहिलो दल रहेको कांग्रेस यस पटक प्रतिपक्षमा पुगेको हो।

    पाँचथरबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित आङ्देम्बे यसअघि संविधानसभा सदस्यसमेत रहिसकेका अनुभवी नेता हुन्। लामो राजनीतिक अनुभव बोकेका उनले पहिलो अधिवेशनमै प्रभावशाली भाषण गरेपछि उनको गतिविधिप्रति चासो बढेको छ।

    प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे पनि उनले संसद्‌मा प्रश्न उठाएका थिए। प्रतिपक्षी दलको भूमिका प्रभावकारी नहुने आशङ्का गरिएका बेला उनले पहिलो अधिवेशनमै दिएको सम्बोधनले धेरैको ध्यान तानेको थियो।

    केही साताअघि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपाल–भारत सीमामा विद्यमान समस्या बारे संसद्‌मा बोलेका थिए। उक्त अभिव्यक्ति विवादित बनेको थियो। प्रधानमन्त्रीले संसद्‌मा बोल्दै “भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भनेका थिए। सोही विषयमा आङ्देम्बे बुधबार तेस्रो पटक रोस्ट्रममा उक्लिएका थिए। उनका सम्बोधनका अंशहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

    उनले सत्तारूढ दल, त्यसका नेताहरू, प्रधानमन्त्री र सभामुखलाई लक्षित गर्दै गरेको सम्बोधनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा विश्लेषण गरिएको छ।

    ६१ वर्षीय आङ्देम्बेको राजनीतिक यात्रा २०३६ सालदेखि सुरु भएको मानिन्छ। विद्यार्थी राजनीतिदेखि सक्रिय उनी कांग्रेसका विभिन्न जिम्मेवारीमा रहिसकेका अनुभवी नेता हुन्।

    पछिल्ला निर्वाचनहरूमा लगातार पराजय भोगे पनि यस पटक उनी समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा पुनः प्रवेश गरेका हुन्।

    उनका बाजे सुब्बा देवमान आङ्देम्बे विसं २०१३ सालमै टङ्कप्रसाद आचार्य मन्त्रिपरिषद्‌मा अर्थ तथा मालपोत उपमन्त्री बनेका थिए। उनका काका प्रेमराज विसं २०१५ सालमा विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा उपमन्त्री बनेका थिए। बुवा धर्मेन्द्रराज आङ्देम्बे पनि स्थानीय नेता थिए।

    तर २०५६ यता निरन्तर चुनाव लडिरहेका भीष्मराज आङ्देम्बे चार पटक संसदीय निर्वाचनमा पराजित भएका छन्। दोस्रो संविधानसभामा उनी निर्वाचित भई संसद्को उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समिति सभापति समेत बनेका थिए। त्यसपछिका दुवै निर्वाचनमा भने उनी पराजित भए।

    उनी तीन पटक कांग्रेस केन्द्रीय सदस्य र एक पटक सहमहामन्त्री बनेका थिए। शेरबहादुर देउवाले कांग्रेस विभाजन गरेपछि उनी पाँचथरको जिल्ला सभापति पनि बनेका थिए।

    तर पछिल्लो विशेष महाधिवेशनमा उनले देउवा समूह छोड्दै गगन थापा र विश्वप्रकाश शर्माको संस्थापनसँग नजिकिएको उनलाई नजिकबाट चिन्ने कांग्रेस नेताहरू बताउँछन्।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation