नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उनीहरुलाई अाफ्नै पतिले नै दिल्लीसम्म पुर्याएका थिए। ती कुबेत इजरायल, इराकजस्ता मुलुक पुग्ने उद्देश्यले भारत पुगेका महिला भने आफ्नो उद्दारप्रति असन्तुस्ट थिए। ती महिलामध्ये आठजना नेपाल आउनै मानेनन्।
अध्यागमन विभागले रोकटोक गर्ने सम्भावनालाई ध्यानमा राखी पतिहरु साथै गई दिल्ली पुर्याएर फर्किएका थिए। समाजमा पैसा सबैथोक हो भन्ने सोच हावी भएकाले महिला जोखिमयुक्त देशमा काम गर्न मानव तस्करको हातमा पर्न थालेका छन्।
महिला भारत वा अन्य देशको बाटो हुँदै खाडी राष्ट्रमा पुग्ने गरेका छन्। मासिक ३० हजारभन्दा माथि आम्दानी हुने जानकारीकै भरमा महिलाहरु तस्करको हातमा पर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले देखाएको छ ।अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ।