रसुवा । बाढी तथा विपद्बाट प्रभावित रसुवा जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ ।
नौकुण्ड र कालिका गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति पुनःसुचारु भएको छ भने गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा पनि विद्युत् सेवा सञ्चालनमा आएको छ ।
नुवाकोट डीसीएसको ११ केभी लाइन तथा सान्जेन खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन र प्रसारण सञ्चालनमा आएपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित गर्न सहज भएको हो ।
सान्जेन खोला जलविद्युत् आयोजनालाई पुनःसञ्चालनमा ल्याएर आमाछोदिङ्मो गाउँपालिकामा समेत विद्युत् आपूर्ति पुनःस्थापनाको काम अघि बढाइएको छ ।
बाँकी प्रभावित क्षेत्रमा पनि विद्युत् सेवा पुनःसुचारु गर्न प्राविधिक तथा कर्मचारीहरू प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद निरन्तर खटिइरहेका छन् ।
रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित
रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित
Advertisement
तपाईको प्रतिक्रिया