भक्तपुर । नापजाँच सम्पन्न भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारले जग्गाधनी पुर्जा पाएका छन् ।
भूमि समस्या समाधान आयोगले साविक निलबाराही गाउँ विकास समिति–२, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक अर्थात् स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गरेको थियो ।
नापजाँच सकिए पनि जग्गा दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गर्न स्थानीयको सहभागिता न्यून भएपछि पुर्जा वितरणमा ढिलाइ भएको थियो । आयोगले नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी ४२१ थान जग्गाधनी पुर्जा वितरण गरेको हो ।
चलनचल्तीमा ‘बोदे गाउँ’का रूपमा चिनिने उक्त क्षेत्र पुरानो नेवारी बस्ती हो । पुर्जा पाएसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।
पुर्जा वितरणपछि जग्गा धनीहरूले जग्गा कारोबार, बैंकिङ तथा अन्य कानुनी प्रक्रियामा सहजता हुने अपेक्षा गरेका छन् ।
भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
Advertisement
तपाईको प्रतिक्रिया