• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड


  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित
  • प्युठान — २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा प्युठान नगरपालिका–१ खैरामा आयोजित कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ।
    चैतेधान उत्पादनतर्फ स्वर्गद्वारी नगरपालिकाका जितेन्द्र केसी, अदुवा–बेसार खेतीतर्फ नौबहिनी गाउँपालिकाका सीताराम केसी, तरकारी तथा बिउ उत्पादनतर्फ मल्लरानी गाउँपालिकाका अमरबहादुर जीएम, ताजा तरकारी उत्पादनतर्फ प्युठान नगरपालिका–८ की सरस्वती गिरी तथा व्यावसायिक कृषि उद्यमतर्फ भोजबहादुर बस्नेत सम्मानित भएका हुन्।
    कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरमबहादुर जिसीले कृषिमा उल्लेखनीय योगदान पुर्‍याउने कृषकलाई सम्मान गर्दा उत्पादनमूलक कामप्रति थप उत्साह बढ्ने बताए।
    प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले कृषि भूमि संरक्षणका लागि स्थानीय तहले भू–उपयोग वर्गीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। कृषि क्षेत्रलाई आवासीय प्रयोजनमा वर्गीकरण गर्ने तर त्यही जमिनका कृषकलाई कृषि अनुदान उपलब्ध गराउने अवस्था नीतिगत असंगति भएको उनको भनाइ थियो।
    प्युठान नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष सुमनराज श्रेष्ठले नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न किसान पेन्सन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, खलङ्गाका प्रमुख चुमानसिंह गिरीका अनुसार जिल्लामा चैतेधान खेती ४ सय हेक्टरबाट विस्तार हुँदै हाल करिब ४ हजार ७ सय हेक्टरमा पुगेको छ।
    नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारीले झिम्रुक उपत्यका जिल्लाकै उर्वर कृषि क्षेत्र भएकाले यसको संरक्षण र व्यवस्थित सहरीकरणबारे स्पष्ट नीति आवश्यक रहेको बताए।
    शिवशक्ति बहुउद्देश्यीय कृषि सहकारी संस्था, प्युठान–१ का अध्यक्ष तिला बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ की अध्यक्ष साधना राउतले स्वागत मन्तव्य राखेकी थिइन्। उनले खैरा क्षेत्रलाई कृषि भूमिकै रूपमा वर्गीकरण गरेर संरक्षण गर्ने नीति लिइएको बताइन्।

    Advertisement

    सोमबार, असार १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation