चितवन — वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति हस्तान्तरण गरिन्।
कक्षा १ देखि १२ सम्म अध्ययनरत ती विद्यार्थीका अभिभावक बाघ, भालु, गैँडा तथा हात्तीको आक्रमणमा ज्यान गुमाएका थिए। छात्रवृत्ति पाउनेमध्ये ४ जनाले अघिल्लो वर्षदेखि नै निरन्तर सहयोग पाउँदै आएका छन्।
निकुञ्ज आसपासका विभिन्न मध्यवर्ती क्षेत्रका विपन्न तथा प्रभावित परिवारका बालबालिकालाई लक्षित गरी राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
छात्रवृत्ति वितरण गर्दै मन्त्री चौधरीले वन्यजन्तु आक्रमणबाट प्रभावित आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शिक्षामा यसले केही राहत पुग्ने विश्वास व्यक्त गरिन्। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति
मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति
Advertisement
तपाईको प्रतिक्रिया