• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग


  •   बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
  • दाङ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला–लमही सडक खण्डको स्तरोन्नति कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार शिलान्यास गर्दै आयोजनाको औपचारिक सुरुआत गरेका हुन् ।
    आयोजनामा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट प्रविधि प्रयोग गरिने जनाइएको छ । यी प्रविधिमार्फत पुराना निर्माण सामग्री पुनःप्रयोग गरी सडकलाई बलियो, टिकाउ र वातावरणमैत्री बनाइने लक्ष्य राखिएको छ । यसले दीर्घकालीन रूपमा लागत घटाउनुका साथै मर्मतसम्भारको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ ।
    सडक स्तरोन्नतिअन्तर्गत दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र २.५–२.५ मिटर सोल्डर निर्माण गरी कुल १२ मिटर चौडाइ कायम गरिनेछ।
    कार्यक्रममा मुख्यमन्त्री आचार्यले आधुनिक प्रविधिको प्रयोग सकारात्मक भएको उल्लेख गर्दै सडक सुधारले यात्रालाई सुरक्षित र भरपर्दो बनाउने बताए । यसले स्थानीय व्यापार, कृषि तथा उद्यम प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ थियो ।
    नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले परियोजनालाई नेपाल–अमेरिका सहकार्यको उदाहरणका रूपमा उल्लेख गरे । उनले ढुवानी लागत घटाउने, सडक सुरक्षा बढाउने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने लक्ष्य परियोजनाको मुख्य उद्देश्य रहेको बताए ।
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसिए–नेपालको लगानी सरकारी योजनाको पूरकका रूपमा रहेको बताए । यस्तै, एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने प्रविधिले लागत प्रभावकारिता बढाउने बताए ।
    एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले परियोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको महत्वपूर्ण आयोजनाका रूपमा रहेको उल्लेख गर्दै पारदर्शी ढंगले उच्च गुणस्तरमा काम सम्पन्न गरिने प्रतिबद्धता जनाए । निर्माण कम्पनी शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिका प्रतिनिधि सौरभ शर्माले तोकिएकै समयमा काम सक्ने बताए ।
    सडक स्तरोन्नतिका लागि २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको थियो । निर्माणको जिम्मा शर्मा–कुमार जेभीले पाएको हो । गत पुस ७ मा एमसिए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २४ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
    निर्माण कम्पनीले भ्याटबाहेक करिब दुई करोड आठ लाख अमेरिकी डलर (झन्डै तीन अर्ब रुपैयाँ) मा काम गर्ने जिम्मा लिएको छ । परियोजनाअन्तर्गत प्रयोग हुने प्रविधिबाट बालुवा, गिट्टीलगायत सामग्री पुनःप्रयोग गरिने भएकाले लागत घट्नुका साथै वातावरणीय प्रभावसमेत न्यून हुने बताइएको छ ।

    Advertisement

    बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation