• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो


  •   बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
  • प्युठान। प्युठानको एक सामुदायिक वन क्षेत्रमा जंगली जनावर ठानेर चलाइएको गोली लाग्दा एक किशोरको मृत्यु भएको छ। घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार, गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशिल परियारलाई जंगली जनावर (बँदेल) ठानेर गोली प्रहार गरिएको थियो। उपचारका क्रममा उनको चैत ३० गते मृत्यु भएको हो प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। घटनामा संलग्न मुख्य आरोपी गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसीलाई चैत ३० गते पक्राउ गरिएको थियो। उनीसँगै शिकार खेल्न गएका उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालकलाई पनि प्रहरीले मंगलबार नियन्त्रणमा लिएको जनाएको छ। घटनामा प्रयोग गरिएका दुई थान भरुवा बन्दुकसमेत प्रहरीले बरामद गरेको भट्टराइको भनाई छ। प्रहरीका अनुसार, चैत २९ गते राति करिब १०:४५ बजे शिकार खेलेर फर्किने क्रममा जंगलको झाडी हल्लिएको र पातपतिङ्गर तथा प्लास्टिक बजेको आवाज आएपछि जंगली जनावर भएको आशंकामा वीरेन्द्र केसीले बन्दुकबाट गोली प्रहार गरेका थिए। गोली लागेर सुशिल परियार र उनीसँगै रहेकी गौमुखी–४ की १८ वर्षीया किशोरी घाइते भएका थिए। घाइते दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल लगिएको थियो। पछि थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल, बुटवल पठाइएकोमा परियारको उपचारका क्रममा मृत्यु भएको हो। घाइते किशोरीको अवस्था भने अहिले खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक विवरणअनुसार, मृतक परियार आफ्ना साथी सन्जु परियार (दुर्जे दमाई) सँग करिब साढे तीन घण्टा पैदल हिँडेर उक्त वन क्षेत्रमा आफ्नी केटि साथीलाई भेट्न पुगेका थिए। उनले आफ्नी साथीलाई फोन गरेर भेट्न बोलाएका थिए। त्यसपछि उनीहरू चार जना जंगलमा बसेर कुराकानी गरिरहेको अवस्थामा गोली प्रहार भएको थियो। प्रहरीले अवैध रूपमा हतियार राख्ने तथा चोरी शिकारीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जनामाथि ज्यानसम्बन्धी कसुर र हातहतियार सम्बन्धी मुद्दा चलाउने तयारी गरेको जनाएको छ। मृतकका बुबा गाजिराम दमाईको जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिहरूलाई प्युठान जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिएका छन्।

    Advertisement

    बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation