• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्


  •   आइतबार, चैत १५, २०८२ मा प्रकाशित
  • प्युठान। नेपाली कांग्रेसका नेता गोविन्दराज पोख्रेलले प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि प्युठानको समग्र विकासप्रति आफ्नो सक्रियता नघट्ने स्पष्ट पारेका छन्। उनले फेसबुकमार्फत नव निर्वाचित सांसद सुशान्त बैदिक र राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्युठानसंग जोडिएका महत्वपुर्ण ११ बुँदे विकास एजेन्डा अघि बढाउन आग्रह गरेका हुन्।
    उनले लोकतन्त्रमा जनताको मत सर्वोपरि हुने भन्दै जित्नेले शासन गर्ने र हार्नेले पनि जनताको पक्षमा काम गर्नुपर्ने दायित्व रहने उल्लेख गरेका छन्। “मत दिएका वा नदिएका सबै नागरिकप्रति हाम्रो समान जिम्मेवारी हुन्छ,” उनले लेखेका छन्। साथै उनले आफूले पनि नेपाली कांग्रेस मार्फत यी एजेन्डा कार्यान्वयनका लागि पहल गर्ने बताएका छन्।
    🔹 १. रणनीतिक सडक सञ्जाल विस्तार
    प्युठानलाई मुस्ताङ (उत्तर) र कोइलावास (दक्षिण)सँग जोड्ने दीर्घकालीन लक्ष्यसहित बाग्दुला–भीमगिठे सडक तथा बाहाने–स्याउलीबाङ–मध्यपहाडी राजमार्ग जोड्ने योजना अघि सारिएको छ। यसले पर्यटन, उत्पादन र बजारबीचको दूरी घटाउने अपेक्षा गरिएको छ।
    🔹 २. वैकल्पिक सडक र यातायात सुरक्षा
    भालुवाङ–चकचके सडकको मोतिपुर–चकचके खण्डमा बारम्बार पहिरो जाने र दुर्घटनाको जोखिम बढ्ने समस्या समाधान गर्न चकचके–एकचोटे–छत्तिवनदमार सडक निर्माण प्रस्ताव गरिएको छ। साथै छत्तिवनदमार–कुडुले खण्डमा बेलिब्रिज जडान गरी दुईतर्फी आवागमन सहज बनाउने योजना छ।
    🔹 ३. अलपत्र पुल योजनाको कार्यान्वयन
    दशकअघि योजना बनेका तर कार्यान्वयन हुन नसकेका जुडा–डाब्रा, छेडाघाट, नौघाट, स्याउलीघारी–सालघारी लगायतका पुल निर्माण अघि बढाउने प्रस्ताव गरिएको छ। यसले ग्रामीण बस्तीको उत्पादन बजारसम्म पुर्‍याउन सहज बनाउने लक्ष्य राखिएको छ।
    🔹 ४. कृषि आधुनिकीकरण र सिँचाइ
    झिम्रुक र माडी नदी आसपासका फाँटमा बृहत् सिँचाइ तथा तटबन्ध योजना सञ्चालन गरी खाद्यान्न अभाव (करिब ८,००० मेट्रिक टन) घटाउने लक्ष्य राखिएको छ। साथै अदुवा, हलेदो, टिमुर जस्ता स्थानीय उत्पादनको ब्रान्डिङ गरी बजार विस्तार गर्ने योजना छ।
    🔹 ५. धार्मिक तथा आन्तरिक पर्यटन विकास
    स्वर्गद्वारी लाई केन्द्रमा राखेर भित्रिकोट, लिस्नेभीर, झुलेनी, गौमुखी लगायत क्षेत्रलाई पर्यटन सर्किटमा जोड्ने प्रस्ताव छ। यसले आन्तरिक पर्यटन र स्थानीय आम्दानी वृद्धि गर्ने अपेक्षा गरिएको छ।
    🔹 ६. युवामुखी सीप विकास कार्यक्रम
    “युवाले चाहेको, बजारले मागेको सीप” भन्ने अवधारणाअनुसार संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सीपमूलक तालिम सञ्चालन गर्ने र स्वर्गद्वारी क्याम्पसलाई केन्द्र बनाउने योजना अघि सारिएको छ।
    🔹 ७. उच्च शिक्षा सुधार
    प्युठान क्याम्पसलाई आंगिक क्याम्पसमा रूपान्तरण गरी रोजगारमूलक र गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
    🔹 ८. सामाजिक समस्या नियन्त्रण
    महिला हिंसा, बढ्दो आत्महत्या, मादक पदार्थ सेवन, विद्यालय ड्रपआउट जस्ता समस्यालाई तीनै तहका सरकारबीच समन्वय गरेर समाधान गर्ने संयन्त्र विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ। साथै स्वास्थ्य सेवा सुधारका लागि अस्पताल स्तर उकास्ने योजना पनि समेटिएको छ।
    🔹 ९. विपद् व्यवस्थापन र समन्वय
    विपद्का बेला राहत तथा उद्धार प्रभावकारी बनाउन तथा विकास योजनाहरू समयमै सम्पन्न गराउन विभिन्न तहका निकायबीच समन्वय बढाउने प्रस्ताव गरिएको छ। साथै नदी प्रदूषण नियन्त्रणका लागि कानुनी पहल गर्ने कुरा पनि उल्लेख गरिएको छ।
    🔹 १०. CSR मार्फत शिक्षा सहयोग
    निजी क्षेत्रको CSR (Corporate Social Responsibility) रकमलाई परिचालन गरी जिल्लाका गरिब तथा असहाय बालबालिकाको शिक्षामा लगानी गर्ने योजना अघि सारिएको छ।
    🔹 ११. नौमुरे जलविद्युत आयोजना
    लामो समयदेखि चर्चामा रहेको नौमुरे जलविद्युत आयोजनालाई सरकारी–निजी साझेदारी (PPP) मोडेलमा अघि बढाएर राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गर्न माग गरिएको छ।

    Advertisement

    आइतबार, चैत १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation