• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम


  •   बिहिबार, माघ ३०, २०८२ मा प्रकाशित
  • बिर्तामोड । झापामा धमाधम जग्गाधनी पूर्जा वितरण गरिरहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाको काम भदौ २३ र २४ को आन्दोलनपछि रोकिएको छ ।
    जग्गाधनी दर्ता पूर्जा वितरण गरिरहेको आयोगलाई खारेज गरेको सुशिला कार्की नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले उल्टाए पनि काम अघि बढ्न सकेको छैन ।
    झापामा मदन अधिकारी नेतृत्वको आयोगले विभिन्न पालिकामा जग्गा नाप नक्शा गरी १ हजार बढी भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरिसकेको थियो ।
    राष्ट्रिय भूमि आयोग र भूमि समस्या समाधान आयोग जिल्ला समितिले झापामा धनीपुर्जा दिन भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीहरुको ५० हजारभन्दा बढीको निवेदन पालिकाहरुबाट संकलन गरेको थियो ।
    सर्वोच्च अदालतले आयोगलाई पुनः स्थापित गराएपछि सरकारले काम गर्ने वातावरण तयार नगरेको झापाका अध्यक्ष मदन अधिकारीले जानकारी दिए । अध्यक्ष अधिकारीले विगतको आयोग, समिति कार्यदलको बाँकी काम पूरा गर्ने क्रममा राष्ट्रिय भूमि आयोग, भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले १५ सय भन्दा बढीको काम पूरा गरी समस्या हल गरेको जानकारी दिए ।
    बाँकी काम सम्पन्न गर्ने क्रममा रहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले ४०० भन्दा बढी जग्गा धनीको ७ दिने हकदावी सूचना प्रकाशन गरिसकेको थियो ।
    जेनजी आन्दोलनअघि झापाको कनकाई नगरपालिकाका विभिन्न वडाहरु, बुद्धशान्ती, अर्जुनधारा, मेचीनगर र बिर्तामोड नगरपालिका लगायत पालिकाहरुमा नाप नक्शाको काम भईरहेको थियो ।
    झापा क्षेत्र नं. ५ अन्तर्गत दमक नगरपालिकाको १ र ८ नं. वडामा नाप नक्शाको काम भएको थियो भने २, ३ र ५ नं. वडामा नाप नक्शाको काम शुरू गरिएको थियो । गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थितको निवेदनलाई प्रकृया पूरा गरी जिल्लामा पठाउने तयारीमा थिए । आयोगले १५ वटै पालिकामा प्राविधिकहरु (अमिन र सर्वेक्षक) खटाई काम शुरू गरेको थियो ।
    भाद्र २३ र २४ को घटनापछि बनेको सरकारले आयोग खारेज गरेपछि सबै कामहरु रोकिएका छन् । हाल अदालतले आयोगलाई पुनः स्थापित गरेको भए पनि सरकारले काम गर्ने कुनै वातावरण नबनाएको अधिकारीको भनाई छ ।
    सुकुम्बासी समस्या समाधान आयोग झापाका तत्कालिन अध्यक्ष अर्जुन राईको नेतृत्वले जिल्लामा करिव १० हजार भन्दा बढीलाई जग्गाधनी दर्ता पूर्जा दिएको थियो । त्यसपछि बनेका विभिन्न आयोगहरुले ५ हजार बढीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिसकेको छ ।
    २०५१ सालको निर्वाचनपछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमाले नेतृत्वको सरकारले विधि निर्माण गरेर भूमि समस्या हल गर्ने कार्य प्रारम्भ गरेको थियो । ऋषिराम लम्साली अध्यक्ष रहेको सुकुम्बासी समस्या समाधान आयोगले सबै जिल्लामा अध्यक्षहरु तोकेर सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । त्यसपछि बनेका सरकारहरुले आयोगलाई निरन्तरता दिदैं भूमि समस्या हल गरिरहेको छ ।

    Advertisement

    बिहिबार, माघ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation