• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम


  •   बिहिबार, माघ ३०, २०८२ मा प्रकाशित
  • बिर्तामोड । झापामा धमाधम जग्गाधनी पूर्जा वितरण गरिरहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाको काम भदौ २३ र २४ को आन्दोलनपछि रोकिएको छ ।
    जग्गाधनी दर्ता पूर्जा वितरण गरिरहेको आयोगलाई खारेज गरेको सुशिला कार्की नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले उल्टाए पनि काम अघि बढ्न सकेको छैन ।
    झापामा मदन अधिकारी नेतृत्वको आयोगले विभिन्न पालिकामा जग्गा नाप नक्शा गरी १ हजार बढी भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरिसकेको थियो ।
    राष्ट्रिय भूमि आयोग र भूमि समस्या समाधान आयोग जिल्ला समितिले झापामा धनीपुर्जा दिन भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीहरुको ५० हजारभन्दा बढीको निवेदन पालिकाहरुबाट संकलन गरेको थियो ।
    सर्वोच्च अदालतले आयोगलाई पुनः स्थापित गराएपछि सरकारले काम गर्ने वातावरण तयार नगरेको झापाका अध्यक्ष मदन अधिकारीले जानकारी दिए । अध्यक्ष अधिकारीले विगतको आयोग, समिति कार्यदलको बाँकी काम पूरा गर्ने क्रममा राष्ट्रिय भूमि आयोग, भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले १५ सय भन्दा बढीको काम पूरा गरी समस्या हल गरेको जानकारी दिए ।
    बाँकी काम सम्पन्न गर्ने क्रममा रहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले ४०० भन्दा बढी जग्गा धनीको ७ दिने हकदावी सूचना प्रकाशन गरिसकेको थियो ।
    जेनजी आन्दोलनअघि झापाको कनकाई नगरपालिकाका विभिन्न वडाहरु, बुद्धशान्ती, अर्जुनधारा, मेचीनगर र बिर्तामोड नगरपालिका लगायत पालिकाहरुमा नाप नक्शाको काम भईरहेको थियो ।
    झापा क्षेत्र नं. ५ अन्तर्गत दमक नगरपालिकाको १ र ८ नं. वडामा नाप नक्शाको काम भएको थियो भने २, ३ र ५ नं. वडामा नाप नक्शाको काम शुरू गरिएको थियो । गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थितको निवेदनलाई प्रकृया पूरा गरी जिल्लामा पठाउने तयारीमा थिए । आयोगले १५ वटै पालिकामा प्राविधिकहरु (अमिन र सर्वेक्षक) खटाई काम शुरू गरेको थियो ।
    भाद्र २३ र २४ को घटनापछि बनेको सरकारले आयोग खारेज गरेपछि सबै कामहरु रोकिएका छन् । हाल अदालतले आयोगलाई पुनः स्थापित गरेको भए पनि सरकारले काम गर्ने कुनै वातावरण नबनाएको अधिकारीको भनाई छ ।
    सुकुम्बासी समस्या समाधान आयोग झापाका तत्कालिन अध्यक्ष अर्जुन राईको नेतृत्वले जिल्लामा करिव १० हजार भन्दा बढीलाई जग्गाधनी दर्ता पूर्जा दिएको थियो । त्यसपछि बनेका विभिन्न आयोगहरुले ५ हजार बढीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिसकेको छ ।
    २०५१ सालको निर्वाचनपछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमाले नेतृत्वको सरकारले विधि निर्माण गरेर भूमि समस्या हल गर्ने कार्य प्रारम्भ गरेको थियो । ऋषिराम लम्साली अध्यक्ष रहेको सुकुम्बासी समस्या समाधान आयोगले सबै जिल्लामा अध्यक्षहरु तोकेर सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । त्यसपछि बनेका सरकारहरुले आयोगलाई निरन्तरता दिदैं भूमि समस्या हल गरिरहेको छ ।

    Advertisement

    बिहिबार, माघ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation