• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • १०. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो


  •   शनिबार, माघ १८, २०८२ मा प्रकाशित
  • झापा। झापाको कमल गाउँपालिका–६ स्थित रतुवा खोलाको किनारमा रहेको खयरबारी टोल कुनै समय बाढीको स्थायी त्रासमा बाँचिरहेको बस्ती थियो । अघिल्लो दशकसम्म वर्षायाम लाग्नेबित्तिकै यहाँका बासिन्दाको रात निद्रामा बित्दैनथ्यो । ‘आज राति कतिखेर रतुवा उर्लिएर घर पस्छ ?’ भन्ने चिन्ता हरेक घरमा उस्तै हुन्थ्यो । बाढी आएपछि भागेर सुरक्षित स्थानमा पुग्ने राम्रो बाटो पनि थिएन । कच्ची बाटो हिलाम्यै हुन्थ्यो, पानीले डुबाउँथ्यो, साना बालबालिका, वृद्ध र महिलालाई झन् जोखिमपूर्ण अवस्था सिर्जना हुन्थ्यो ।
    स्थानीयका अनुसार रतुवाको बाढीले पटक–पटक खेतीयोग्य जमिन बगाएको छ, घरगोठ भत्काएको छ र कतिपय परिवार विस्थापित हुन बाध्य भएका छन् । यही कारण खयरबारीलाई ‘बाढीको छायाँमा रहेको बस्ती’ भनेर चिनिन्थ्यो । तर समयसँगै यहाँको अवस्थामा कायापलट भएको छ ।
    रतुवा खोलामा मजबुत बाँध निर्माण भएपछि गाउँमा बाढी पस्ने क्रम पूर्णरूपमा रोकिएको स्थानीय टंकप्रसाद सापकोटा बताउनुहुन्छ । ‘आकाशमा बादल मडारिँदा यहाँका बासिन्दाको मन अँध्यारो हुन्थ्यो’ उहाँले भन्नुभयो,‘पानी पर्नु अघिनै घरका सामान पोको बाँधेर बस्नु पर्थ्यो, कतिखेर बाढी पस्छ र भाग्नु पर्ला भनेर ।’ तर हुर्किँदै गएको पुस्तालाई यि कुरा कथा जस्ता लाग्छन् । न बस्तिमा अहिले बाढी पस्छ, न पानी पर्नसाथ भाग्नु पर्ने चिन्ता । ढुक्कले निदाउँछ खयरवारी ।
    सडकसँगै भित्रिए अवसर
    यससँगै खयरबारी टोलसम्म कालोपत्रे सडक पुगेपछि जनजीवन झनै सहज बनेको छ । केही वर्षअघिसम्म हिउँदमा धुलाम्यै र वर्षायाममा हिलाम्यै हुने बाटो अहिले कालोपत्रे भएपछि सिटी सफारी र अटो रिक्सा समेत चल्न थालेका छन् । स्थानीय दिपक आचार्यका अनुसार, बाटो पिच भएपछि हिँडडुल मात्रै होइन, कामकाज र आम्दानीका अवसर पनि बढेका छन् । ‘कालोपत्रे सडकले बस्तिबाट बाहिर निस्किन सजिलो मात्रै भएको छैन, अवसरहरु भित्र्याउन पनि सजिलो भएको छ’ उहाँले भन्नुभयो ।
    सडक, विद्युत र बाँधजस्ता पूर्वाधार विकासले यहाँको कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पारेको छ । किसानले उत्पादन गरेका तरकारी, धान, मकैलगायतका उपज नजिकैको ठूलो बजार दमकसम्म सहजै पुर्‍याउन सजिलो भएको छ । ढुवानी खर्च घटेको छ, समय बचत भएको छ र किसानले उचित मूल्य पाउन थालेका छन् । यसले स्थानीयको आर्थिक अवस्था क्रमशः सुदृढ हुँदै गएको देखिन्छ ।
    उपचार, शिक्षा, दैनिक उपभोग्य वस्तुको खरिददेखि अन्य सेवा सुविधाका लागि पनि अब खयरबारीका बासिन्दालाई ठूलो समस्या छैन । सडक र यातायात सहज भएपछि अस्पताल, विद्यालय र बजारसम्मको पहुँच सजिलो बनेको छ । स्थानीयका अनुसार यी अधिकांश विकासका काम यहाँबाट निर्वाचित हुँदै आएका प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीको पहलमा सम्भव भएका हुन् । जनप्रतिनिधि नभएको समयमा समेत उहाँकै निरन्तर प्रयासका कारण खयरबारी मात्र होइन, पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण सीमावर्ती क्षेत्रसम्मका सयौं परिवार रतुवा खोलाको बाढीबाट उठिबास हुनुपर्ने त्रासबाट मुक्त भएका छन् ।
    अहिले खयरबारी बाढीको भयबाट मुक्त, विकासको बाटोमा अघि बढिरहेको एउटा उदाहरणीय बस्ती बनेको छ । पूर्वाधार विकासले कसरी जनजीवन, दैनिकी र आर्थिक सम्भावनालाई रूपान्तरण गर्न सक्छ भन्ने कुरा खयरबारीले स्पष्ट रूपमा देखाएको छ ।

    Advertisement

    शनिबार, माघ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • २.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ३.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ६.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ७.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ८.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...