• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा


  •   शुक्रबार, माघ ०३, २०८२ मा प्रकाशित
  • दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक निर्माणको अवस्थाबारे जानकारी लिएका छन्। यस क्षेत्रको बहुप्रतिष्ठित योजनाका रूपमा रहेको चारलेन सडक निर्माणस्थलमै पुगेर महासचिव पोखरेलले सडक निर्माणको प्रगतिका विषयमा जानकारी लिएका हुन् ।
    डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले महासचिव पोखरेलले सडक निर्माणमा केही समस्या भए सहजीकरण गर्न तयार रहेको बताएको र निर्धारित समयमै सडक निर्माण सम्पन्न गर्न आग्रह गरेको जानकारी दिए । उनले कार्यालयको तर्फबाट अहिलेसम्मको कामको प्रगतिबारे महासचिवलाई जानकारी गराइएको बताए ।
    “नेकपा (एमाले) का महासचिवले चारलेन सडक निर्माणमा चासो लिनु भयो । बिहानै सडक निर्माणस्थलमा आएर सडक निर्माणमा केही असहजता भएमा भन्नु होला, हामी सहजीकरण गर्न तयार छौँ भन्नु भयो”, कार्यालय प्रमुख विष्टले भने, “कार्यालयको तर्फबाट हामीले हालसम्म भएको प्रगतिबारे उहाँलाई जानकारी गरायौँ । उहाँले समयमै निर्माण सम्पन्न गर्नमा कार्यालयकोतर्फबाट भूमिका खेल्न आग्रह गर्नुभएको छ ।”
    २ अर्ब ८८ करोड ८२ लाख ३९ हजार ७ सय ८० रुपैयाँ २३ पँैसा (भ्याट बाहेक) अनुमानित लागतमा निर्माण भइरहेको यो सडक तीन वर्षभित्र सम्पन्न गर्नेगरी श्री दिवा–बन्दन भगवती जे.भी. ले निर्माणको जिम्मा लिएको विष्टले जानकारी दिए । उनका अनुसार सडक ३० मिटर चौडा हुनेछ ।
    २०८२ असार २४ गते ठेक्का सम्झौता भएको उक्त सडकलाई निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको भन्दै कार्यालय प्रमुख विष्टले हाल माटोपटान, सडक संरचनाहरू निर्माण, बिजुलीका पोल सार्ने काम तथा रुख कटान छपानजस्ता कार्यहरू सञ्चालनमा रहेका छन् ।
    यसअघि भारतीय एक्जिम बैंकको लगानीमा भारतीय ठेकेदारले नै काम गरेका थिए । त्यसका लागि छुट्टै परियोजनाले कामको निगरानी गर्ने गथ्र्यो तर पाँच वर्षसम्म पनि १० प्रतिशतभन्दा कम काम भएपछि ठेक्का रद्द गरिएको थियो । अहिले नेपाल सरकारले नै बजेट विनियोजन गरी नेपाली ठेकेदारलाई काम दिएको छ । यस आयोजनाको अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी डिभिजन सडक कार्यालय दाङले पाएको प्रमुख विष्टले बताए ।
    तीस महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङले सडक अलपत्र पारेको थियो । पटक–पटक म्याद थप गरी निर्माणको पहल गर्दा पनि कामले गति लिन नसकेपछि २०८० जेठमा उक्त कम्पनीसँगको ठेक्का सम्झौता सरकारले रद्द गरेको थियो ।
    सडक निर्माणका लागि पाँच पटकसम्म म्याद थप गरिएको थियो । स्थानीय पेटी ठेक्कामार्फत् काम गर्न खोजिएको भए पनि भारतीय निर्माण कम्पनीले निर्माण कार्य अघि बढाउन सकेको थिएन । ठेक्का सम्झौता तोडिएपछि सरकारले घोराही–तुलसीपुर सडक निर्माण आफै गर्ने निर्णय गरेको हो ।
    लामो समयसम्म सडक निर्माण अघि नबढेपछि महासचिव पोखरेलकै सक्रियतामा सडकको जिम्मा नेपाल सरकारले लिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री रहेका बेला पोखरेलले सडक निर्माणको स्वामित्व सरकारले लिने निर्णय गराउन सफल भएका थिए । पार्टीका महासचिवका रूपमा पोखरेलले करिव चार अर्ब रुपैयाँ बजेट सुनिश्चित गराएर अलपत्र सडक निर्माणलाई अघि बढाउन भूमिका खेलेका थिए ।
    चारलेन सडकको विषयमा पोखरेलकै पहलमा अर्थ मन्त्रालयले २०८१ मंसिर ११ गते राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चित भएको जानकारी गराएको थियो । मदन भण्डारी राजमार्गअन्तर्गत करिब तीन अर्ब ९९ करोड ४९ लाख रुपैयाँको बहुवर्षिय ठेक्काका लागि स्रोत सहमतिका लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसमक्ष पत्र पठाएको थियो ।
    घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब २१ दशमलव ५८ किलोमिटर क्षेत्रलाई चारलेन बनाइने छ । फोरलेन सडककै लागि पुल पनि फोरलेन बनाउने गरी केही खोलामा ठेक्का समेत भएको छ ।

    Advertisement

    शुक्रबार, माघ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation