दाङ । दाङ प्रहरीले पछिल्ला नौ दिनमा ३८ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ। पुस २० देखि २९ गतेसम्म विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए।
पक्राउ परेका ३८ जना प्रतिबादीबाट १२ लाख ६० हजार ६ सय ९० रुपैयाँ राजस्व संकलन भएको छ। उनीहरूले अदालतले तोकेको ३४ वर्ष ९ महिना ७ दिन कैद सजाय भुक्तान गर्ने भएका छन्।
यस अवधिमा प्रहरीले अवैध रूपमा नदी तथा खोलाजन्य वस्तु उत्खनन र चोरीमा संलग्न १० वटा सवारी साधन पनि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारीमा ९ वटा ट्र्याक्टर र एउटा डोजर रहेका छन्।
ती सवारी साधनमाथि आर्थिक जरिवाना गर्दा राज्य कोषमा ५ लाख ५२ हजार ४ सय २७ रुपैयाँ राजस्व दाखिला भएको प्रहरीले जनाएको छ।
नौ दिनको अवधिमा फरार प्रतिबादीबाट असुल गरिएको जरिवाना र अवैध बालुवा–गिटी चोरीमा संलग्न सवारी साधनमाथि गरिएको कारबाहीबाट कुल १८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको डिएसपी शाहले जानकारी
दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ
दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया