रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सेवा प्रवाहलाई प्रभावकारी बनाउन गाउँ–गाउँमा सचेतनामूलक कार्यक्रम र सार्वजनिक सुनुवाइ सुरु गरेको छ।
गोकुलगंगा गाउँपालिकाको रस्नालुमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) प्रमुख अतिथि थिए।
कार्यक्रममा नागरिकलाई सहज सेवा उपलब्ध गराउने, गुनासो सुन्ने र सेवा सिफारिस प्रक्रिया सरल बनाउने उद्देश्य राखिएको थियो। डिएसपी भोला भट्टले शान्ति सुरक्षा, अपराध नियन्त्रण र लागुऔषध न्यूनीकरणबारे जानकारी दिएका थिए भने नायब सुब्बा लक्ष्मण भुजेलले कार्यालयका सेवा र आवश्यक कागजातबारे जानकारी गराएका थिए।
Advertisement