• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान


  •   शनिबार, पुष २६, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा महिलाहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तथा इस्मा गाउँपालिका वडा नम्बर–१ को समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा वडा नम्बर–१ र २ का २२ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।
    तालिम अवधिभर सहभागी महिलाहरूलाई विभिन्न प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको थियो । तालिममा स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी गुणस्तरीय र स्वादिलो अचार उत्पादन गर्ने विधि, सरसफाइ, प्याकेजिङ तथा बजारिकरणसम्बन्धी आधारभूत जानकारी समेत दिइएको थियो ।
    तालिम समापनको अवसरमा सहभागी महिलाहरूले तयार पारेका विभिन्न प्रकारका अचारहरूको प्रदर्शनी समेत गरिएको थियो, जसले तालिमको प्रभावकारिता झल्काएको थियो । तालिम समापन कार्यक्रममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो ।
    कार्यक्रममा इस्मा गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्षले महिलाहरूलाई सीपमूलक तालिमले आत्मनिर्भर बन्न ठूलो टेवा पुग्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले सिकेको सीपलाई व्यवहारमा उतारी आम्दानीको स्रोत बनाउन महिलाहरूलाई आग्रह गरे ।
    कार्यक्रममा इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पराजुलीले सीप विकासमार्फत महिलाहरूलाई उद्यमशील बनाउने गाउँपालिकाको नीति रहेको उल्लेख गरे । उनले तालिमपछि महिलाहरूले समूह वा व्यक्तिगत रूपमा व्यवसाय सुरु गर्न सके स्थानीय अर्थतन्त्र बलियो बन्ने विश्वास व्यक्त गरे ।
    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले महिलाहरूको आर्थिक सशक्तीकरण बिना समग्र विकास सम्भव नहुने बताए । उनले घरेलु तथा साना उद्योग कार्यालयसँगको सहकार्यमा यस्ता तालिमहरू आगामी दिनमा पनि सञ्चालन गरिने प्रतिवद्धता जनाउँदै तालिमलाई व्यवसायमा रूपान्तरण गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।
    घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले तालिम सञ्चालनको उद्देश्य, प्रक्रिया र उपलब्धिबारे जानकारी गराउँदै महिलाहरूलाई स्वरोजगार बनाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको बताए । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सके महिलाहरूले आत्मनिर्भर जीवनयापन गर्न सक्ने उल्लेख गरे ।
    तालिममा सहभागी टीका कुँवरले तालिमबाट धेरै नयाँ ज्ञान सिक्न पाएको बताउँदै अवसर पाए व्यावसायिक रूपमा अचार उत्पादन गर्ने उत्साह थपिएको बताइन । उनि जस्तै अन्य सहभागी महिलाहरूले पनि तालिम अत्यन्त उपयोगी भएको भन्दै आगामी दिनमा यस्ता थप तालिमको अपेक्षा व्यक्त गरेका थिए ।
    तालिम समापन कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका उद्यम विकास सहजकर्ता त्रिबिक्रम ज्ञवालीले गरेका थिए । यस प्रकारको सीपमूलक तालिमले ग्रामीण क्षेत्रका महिलाहरूलाई आत्मनिर्भर बनाउने, स्वरोजगार सिर्जना गर्ने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने विश्वास कार्यालयले लिएको ज्ञवालीले बताए ।

    Advertisement

    शनिबार, पुष २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...