• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबासीमा बाह्रै महिना सञ्चालन हुनेगरी पन्ध्र वटै वडामा नगर बस सेवा शुरु


  •   सोमबार, असोज २९, २०७५ मा प्रकाशित
  • खोटाङ, २९ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सोमबारदेखि नगर बस सञ्चालन गरिएको छ । नगरभित्रका यात्रुलाई सहज रुपमा यात्रा गराउन खोटाङ यातायात प्रा.लि.सँगको सहकार्यमा नगरपालिकाले बाह्रै महिना सञ्चालन हुनेगरी नगर बस सञ्चालन गरिएको हो ।

    Advertisement

    पन्ध्र वटा वडा रहेको नगरपालिकाको सबै वडामा सञ्चालन हुनेगरी बाह्र वटा बस सञ्चालन गरिएको जनाइएको छ । नगरपालिका र यातायात प्रा.लि.बीच एक वर्षे सम्झौता गरेर सञ्चालन गरिएको बस नगर प्रमुख दिपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभयो ।

    दशैं, तिहार तथा छट लगायत चाड पर्वको अवसरमा आवत÷जावत गर्ने यात्रुलाई मध्यनजर गरेर अहिलेलाई बाह्र वटा सडकमा गाढी गुडाउनेगरी २० बुदे सहमती गरिएको छ । नगरपालिकाको बस सञ्चालन गर्न नगरपालिकाले आवश्यक वातावरण बनाउने, चालक र सहचालकलाई पोशाकको व्यवस्था गर्ने, नगरभित्रका जेष्ट नागरिकलाई निःशुल्क यात्रा गराउने, नगरपालिकाले प्रमाणित गरेको एकल महिला, असहाय र अतिबिपन्न व्यक्तिलाई ३३ प्रतिशत छुट दिने सहमती पत्रमा उल्लेख छ ।


    महिलाका लागि चार, जेष्ट नागरिकका लागि दुई, फरक क्षमता भएका र पत्रकारलाई एक÷एक वटा आरक्षण सिटको व्यवस्था समेत मिलाइएको खोटाङ यातायात प्रा.लि.का सचिव रामकुमार हिङ्माङले बताउनुभयो । सचिव हिङ्माङका अनुसार नगर बसको रङ्ग एउटै बनाउने, अन्य सार्वजनिक यातायातको भन्दा नगर बसको भाडा दर कम गर्ने, नगर बसमा नगर गीत तथा खोटाङ्गे गायक÷गायिकाले गाएको गीत बजाउने जस्ता सहमती नगरपालिका र यातायात प्रा.लि.बीच भएको छ ।

    सबै वडामा एकैसाथ सञ्चालन भएको नगर बस दिक्तेलबाट दिउसो ३ बजे छुट्ने र सबै वडाबाट बिहान ६ बजे छुटाउनेगरी कार्यतालिका समेत सार्वजनिक गरिएको छ । बस सञ्चालनका लागि दिक्तेल–जालपा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–लफ्याङ, दिक्तेल–बुइपा–विजयखर्क, दिक्तेल–महुरे–विजुले, दिक्तेल–दोर्पा–दुम्ली, दिक्तेल–खानीडाँडा–फेदी, दिक्तेल–बाम्राङ–बुइपा–विजयखर्क र दिक्तेल–नेर्पा–दोर्पा–दुम्ली सडकका लागि रुट पर्मिट दिइएको छ ।
    नगरपालिकाले बस सेवा सञ्चालन गरेपछि दशैं मान्न घर आउने यात्रुले सहज रुपमा यात्रा गर्न पाएका छन् । हिउद्मा मात्र यातायात सञ्चालन हुने सबै सडकलाई स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।
    हलेसिखबर बाट

    सोमबार, असोज २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...