• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबासीमा बाह्रै महिना सञ्चालन हुनेगरी पन्ध्र वटै वडामा नगर बस सेवा शुरु


  •   सोमबार, असोज २९, २०७५ मा प्रकाशित
  • खोटाङ, २९ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सोमबारदेखि नगर बस सञ्चालन गरिएको छ । नगरभित्रका यात्रुलाई सहज रुपमा यात्रा गराउन खोटाङ यातायात प्रा.लि.सँगको सहकार्यमा नगरपालिकाले बाह्रै महिना सञ्चालन हुनेगरी नगर बस सञ्चालन गरिएको हो ।

    Advertisement

    पन्ध्र वटा वडा रहेको नगरपालिकाको सबै वडामा सञ्चालन हुनेगरी बाह्र वटा बस सञ्चालन गरिएको जनाइएको छ । नगरपालिका र यातायात प्रा.लि.बीच एक वर्षे सम्झौता गरेर सञ्चालन गरिएको बस नगर प्रमुख दिपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभयो ।

    दशैं, तिहार तथा छट लगायत चाड पर्वको अवसरमा आवत÷जावत गर्ने यात्रुलाई मध्यनजर गरेर अहिलेलाई बाह्र वटा सडकमा गाढी गुडाउनेगरी २० बुदे सहमती गरिएको छ । नगरपालिकाको बस सञ्चालन गर्न नगरपालिकाले आवश्यक वातावरण बनाउने, चालक र सहचालकलाई पोशाकको व्यवस्था गर्ने, नगरभित्रका जेष्ट नागरिकलाई निःशुल्क यात्रा गराउने, नगरपालिकाले प्रमाणित गरेको एकल महिला, असहाय र अतिबिपन्न व्यक्तिलाई ३३ प्रतिशत छुट दिने सहमती पत्रमा उल्लेख छ ।


    महिलाका लागि चार, जेष्ट नागरिकका लागि दुई, फरक क्षमता भएका र पत्रकारलाई एक÷एक वटा आरक्षण सिटको व्यवस्था समेत मिलाइएको खोटाङ यातायात प्रा.लि.का सचिव रामकुमार हिङ्माङले बताउनुभयो । सचिव हिङ्माङका अनुसार नगर बसको रङ्ग एउटै बनाउने, अन्य सार्वजनिक यातायातको भन्दा नगर बसको भाडा दर कम गर्ने, नगर बसमा नगर गीत तथा खोटाङ्गे गायक÷गायिकाले गाएको गीत बजाउने जस्ता सहमती नगरपालिका र यातायात प्रा.लि.बीच भएको छ ।

    सबै वडामा एकैसाथ सञ्चालन भएको नगर बस दिक्तेलबाट दिउसो ३ बजे छुट्ने र सबै वडाबाट बिहान ६ बजे छुटाउनेगरी कार्यतालिका समेत सार्वजनिक गरिएको छ । बस सञ्चालनका लागि दिक्तेल–जालपा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–लफ्याङ, दिक्तेल–बुइपा–विजयखर्क, दिक्तेल–महुरे–विजुले, दिक्तेल–दोर्पा–दुम्ली, दिक्तेल–खानीडाँडा–फेदी, दिक्तेल–बाम्राङ–बुइपा–विजयखर्क र दिक्तेल–नेर्पा–दोर्पा–दुम्ली सडकका लागि रुट पर्मिट दिइएको छ ।
    नगरपालिकाले बस सेवा सञ्चालन गरेपछि दशैं मान्न घर आउने यात्रुले सहज रुपमा यात्रा गर्न पाएका छन् । हिउद्मा मात्र यातायात सञ्चालन हुने सबै सडकलाई स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।
    हलेसिखबर बाट

    सोमबार, असोज २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...