• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश


  •   बुधबार, पुष १६, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र र नेपाल पत्रकार महासंघ गुल्मी शाखाका कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न भएको छ । इस्मा गाउँपालिका–१ स्थित जैढुंगा वीपी पार्क खेल मैदानमा आयोजना गरिएको उक्त खेलले जिल्लामा कार्यालयस्तरका कर्मचारी र पत्रकारबीच आपसी सद्भाव, सहकार्य र मित्रता अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो ।
      “विद्युत महसुल अनलाइन भुक्तानी गरौँ, समय र पैसाको बचत गरौँ” भन्ने नारासहित दुई सेट प्रतियोगिता सम्पन्न गरिएको थियो । मैत्रीपूर्ण प्रतियोगितामा दुवै पक्षका कर्मचारी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
       पछिल्लो समय गुल्मी लगायतका जिल्लामा पत्रकार, कर्मचारी तथा युवामाझ क्रिकेट खेलप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा यस्तो कार्यक्रमले खेलकुद संस्कृतिको विकासमा टेवा पु¥याएको छ । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख मनोज अर्यालले विद्युत महसुल अनलाइन भुक्तानीसम्बन्धी जनचेतना अभिवृद्धि गर्न खेलकुदलाई माध्यम बनाइएको बताए ।
        उनले डिजिटल भुक्तानी प्रणालीले सेवाग्राहीको समय र खर्च बचत हुने भएकाले सबैलाई अनलाइन माध्यम अपनाउन आग्रह गरे । त्यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका प्रतिनिधि अनिल खत्रीले पत्रकार र सरकारी निकायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताए ।
      उनले पत्रकारितासँगै स्वस्थ जीवनशैलीका लागि खेलकुद अपरिहार्य भएको उल्लेख गरे । मैत्रीपूर्ण क्रिकेट पतियोगितामा इस्मा गाउँपालिका–१ का वडाध्यक्ष शेरबहादुर कुँवरले गाउँपालिकाको पहलमा निर्माण गरिएको व्यवस्थित खेल मैदानले बालबालिका, युवा तथा कर्मचारीलाई खेलकुदतर्फ आकर्षित गरेको भन्दै यस्ता मैत्रीपूर्ण प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने धारणा राखे ।
       कार्यक्रममा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत बनाउने मात्र नभई समाजमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले इस्मा गाउँपालिकाले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।
       जैढुंगा वीपी पार्क खेल मैदान निर्माणपछि स्थानीयस्तरमा खेलकुद गतिविधि थप सक्रिय भएको उनले बताए । खेलमा नेपाल पत्रकार महासंघ गुल्मी र नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका कर्मचारीले एक–एक सेट जित्दै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए।
       कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले आगामी दिनमा पनि यस्ता मैत्रीपूर्ण तथा सन्देशमूलक खेलकुद कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
       पछिल्लो समय इस्मा गाउँपालिकाले निर्माण गरेको जैढुंगा वीपी पार्क क्रिकेट खेलमैदानमा खेलकुदका कार्यक्रमहरु निरन्तर आयोजना हुन थालेका छन् ।    

    Advertisement

    बुधबार, पुष १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation