• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश


  •   बुधबार, पुष १६, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र र नेपाल पत्रकार महासंघ गुल्मी शाखाका कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न भएको छ । इस्मा गाउँपालिका–१ स्थित जैढुंगा वीपी पार्क खेल मैदानमा आयोजना गरिएको उक्त खेलले जिल्लामा कार्यालयस्तरका कर्मचारी र पत्रकारबीच आपसी सद्भाव, सहकार्य र मित्रता अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो ।
      “विद्युत महसुल अनलाइन भुक्तानी गरौँ, समय र पैसाको बचत गरौँ” भन्ने नारासहित दुई सेट प्रतियोगिता सम्पन्न गरिएको थियो । मैत्रीपूर्ण प्रतियोगितामा दुवै पक्षका कर्मचारी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
       पछिल्लो समय गुल्मी लगायतका जिल्लामा पत्रकार, कर्मचारी तथा युवामाझ क्रिकेट खेलप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा यस्तो कार्यक्रमले खेलकुद संस्कृतिको विकासमा टेवा पु¥याएको छ । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख मनोज अर्यालले विद्युत महसुल अनलाइन भुक्तानीसम्बन्धी जनचेतना अभिवृद्धि गर्न खेलकुदलाई माध्यम बनाइएको बताए ।
        उनले डिजिटल भुक्तानी प्रणालीले सेवाग्राहीको समय र खर्च बचत हुने भएकाले सबैलाई अनलाइन माध्यम अपनाउन आग्रह गरे । त्यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका प्रतिनिधि अनिल खत्रीले पत्रकार र सरकारी निकायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताए ।
      उनले पत्रकारितासँगै स्वस्थ जीवनशैलीका लागि खेलकुद अपरिहार्य भएको उल्लेख गरे । मैत्रीपूर्ण क्रिकेट पतियोगितामा इस्मा गाउँपालिका–१ का वडाध्यक्ष शेरबहादुर कुँवरले गाउँपालिकाको पहलमा निर्माण गरिएको व्यवस्थित खेल मैदानले बालबालिका, युवा तथा कर्मचारीलाई खेलकुदतर्फ आकर्षित गरेको भन्दै यस्ता मैत्रीपूर्ण प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने धारणा राखे ।
       कार्यक्रममा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत बनाउने मात्र नभई समाजमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले इस्मा गाउँपालिकाले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।
       जैढुंगा वीपी पार्क खेल मैदान निर्माणपछि स्थानीयस्तरमा खेलकुद गतिविधि थप सक्रिय भएको उनले बताए । खेलमा नेपाल पत्रकार महासंघ गुल्मी र नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका कर्मचारीले एक–एक सेट जित्दै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए।
       कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले आगामी दिनमा पनि यस्ता मैत्रीपूर्ण तथा सन्देशमूलक खेलकुद कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
       पछिल्लो समय इस्मा गाउँपालिकाले निर्माण गरेको जैढुंगा वीपी पार्क क्रिकेट खेलमैदानमा खेलकुदका कार्यक्रमहरु निरन्तर आयोजना हुन थालेका छन् ।    

    Advertisement

    बुधबार, पुष १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation