• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न


  •   सोमबार, पुष १४, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–४ मा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जोगिथुम भगवती मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिको छैठौं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा मन्दिरको विकास, संरक्षण तथा व्यवस्थापनमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्ति तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो ।
    सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले जोगिथुम भगवती मन्दिर स्थानीय जनआस्थाको केन्द्रका रूपमा रहेको र यसको संरक्षणमा सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे । सभामा विश्व हिन्दु महासंघका सुरेशचन्द्र भुषालले धार्मिक स्थलहरू केवल पूजा–आराधनाको स्थान मात्र नभई समाजलाई एकताबद्ध गर्ने सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै यस्ता मन्दिरको संरक्षणमा सबैको दायित्व रहेको बताए ।
    त्यसैगरी रेसुङ्गा नगरपालिका–४ का वडाअध्यक्ष लिलाधर आचार्यले वडास्तरबाट मन्दिरको पूर्वाधार विकास र व्यवस्थापनमा आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले धार्मिक पर्यटन प्रवद्र्धनका माध्यमबाट स्थानीय विकास सम्भव हुने भन्दै जोगिथुम भगवती मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले सहयोग गर्दै आएको बताए ।
    जोगिथुम भगवती मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर दर्लामीले समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म सम्पन्न भएका गतिविधि, आर्थिक विवरण तथा आगामी योजना सार्वजनिक गरे । उनले मन्दिरको संरचना सुधार, सरसफाइ, भक्तजनका लागि सुविधाको विस्तार तथा धार्मिक कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य रहेको जानकारी दिए ।
    साधारण सभामा समितिका सदस्यहरू, स्थानीय अगुवा, भक्तजन कृतन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा समितिले सम्पूर्ण सहभागी र सहयोगीप्रति धन्यवाद ज्ञापन गरेको छ ।
    जोगिथुम भगवती मन्दिरमा प्रत्येक आइतबार र वडादशैं, चैते दशैं, नवरात्रमा बिशेष पूजा हुनुका साथै दशैंको पूर्णिमा ठूलो मेला लाग्छ । निकै पुरानो र आस्थाको केन्द्र रहेको मन्दिरमा पछिल्लो समय संरचना निर्माणले चिटिक्क बन्दै गएको छ ।

    Advertisement

    सोमबार, पुष १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation