गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–४ मा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जोगिथुम भगवती मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिको छैठौं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा मन्दिरको विकास, संरक्षण तथा व्यवस्थापनमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्ति तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले जोगिथुम भगवती मन्दिर स्थानीय जनआस्थाको केन्द्रका रूपमा रहेको र यसको संरक्षणमा सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे । सभामा विश्व हिन्दु महासंघका सुरेशचन्द्र भुषालले धार्मिक स्थलहरू केवल पूजा–आराधनाको स्थान मात्र नभई समाजलाई एकताबद्ध गर्ने सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै यस्ता मन्दिरको संरक्षणमा सबैको दायित्व रहेको बताए ।
त्यसैगरी रेसुङ्गा नगरपालिका–४ का वडाअध्यक्ष लिलाधर आचार्यले वडास्तरबाट मन्दिरको पूर्वाधार विकास र व्यवस्थापनमा आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले धार्मिक पर्यटन प्रवद्र्धनका माध्यमबाट स्थानीय विकास सम्भव हुने भन्दै जोगिथुम भगवती मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले सहयोग गर्दै आएको बताए ।
जोगिथुम भगवती मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर दर्लामीले समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म सम्पन्न भएका गतिविधि, आर्थिक विवरण तथा आगामी योजना सार्वजनिक गरे । उनले मन्दिरको संरचना सुधार, सरसफाइ, भक्तजनका लागि सुविधाको विस्तार तथा धार्मिक कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य रहेको जानकारी दिए ।
साधारण सभामा समितिका सदस्यहरू, स्थानीय अगुवा, भक्तजन कृतन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा समितिले सम्पूर्ण सहभागी र सहयोगीप्रति धन्यवाद ज्ञापन गरेको छ ।
जोगिथुम भगवती मन्दिरमा प्रत्येक आइतबार र वडादशैं, चैते दशैं, नवरात्रमा बिशेष पूजा हुनुका साथै दशैंको पूर्णिमा ठूलो मेला लाग्छ । निकै पुरानो र आस्थाको केन्द्र रहेको मन्दिरमा पछिल्लो समय संरचना निर्माणले चिटिक्क बन्दै गएको छ ।
जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न
जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया