बर्दिया । बास नेपाल बर्दिया शाखाले गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको छ। ‘हुनेबाट नहुनेलाई उपहार, न्यानो बाँडौँ मानवता जोगाऔँ’ भन्ने नारासहित गुलरियाको राधाकृष्ण चोकमा आयोजित कार्यक्रममा कपडा बैंक सञ्चालनमा ल्याइएको हो।
चिसो मौसममा कोही पनि कपडाको अभावमा नपरोस् भन्ने उद्देश्यले शाखाका युवाहरूको पहलमा कपडा बैंक स्थापना गरिएको बास नेपालले जनाएको छ। हुनेले आर्थिक सहयोग गर्ने र विभिन्न स्थानबाट संकलित कपडा आवश्यक परेकालाई निःशुल्क वितरण गरिनेछ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव जोशिना थारु, केन्द्रीय सदस्य ईश्वर विक, कार्यकारी निर्देशक नमस्कार शाह, पूर्व केन्द्रीय सदस्य नैन सुनारलगायतको उपस्थिति थियो। सुबेदीले रिबन काटेर कपडा बैंकको उद्घाटन गर्नुका साथै कपडा लिन आएका व्यक्तिहरूलाई कपडा वितरण गरेका थिए।
कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाहले सामाजिक उत्तरदायित्व बोकेर सुरु गरिएको यस अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताए। संकलन गरिएका कपडाहरू सोही अवसरमा वितरण गरिएको थियो।
गुलरियामा कपडा बैंकको शुभारम्भ
गुलरियामा कपडा बैंकको शुभारम्भ
Advertisement
तपाईको प्रतिक्रिया