प्युठान। जिल्लामा व्यवसायीहरुका गुनासा तथा समस्या बुझ्न प्यूठान उद्योग वाणिज्य संघले घरदैलो कार्यक्रम गर्ने भएको छ।
जिल्लाका उद्योगी तथा व्यवसायीहरूले भोग्दै आएका समस्याहरू प्रत्यक्ष रूपमा संकलन र समाधानका उपाय खोज्ने उद्देश्यले सबै बजार क्षेत्रहरूमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय लिएको संघका अध्यक्ष सन्देश आचार्यले जानकारी गराए।
मंगलबार बसेको संघको १३ औँ कार्यसमितिको पाँचौँ नियमित बैठकले सदस्यहरूको अभिलेखलाई व्यवस्थित गर्ने तथा उद्योगी व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउन सक्रिय पहल गर्ने निर्णय गरेको महासचिव झविन्द्र शर्माले बताए।
बैठकमा स्वर्गद्वारीको सारी क्षेत्रमा मुक्तिनाथ मन्दिर निर्माण, झाँक्रीस्थानमा चिल्डेन पार्क, स्याउलीवाङको कोठीभिरमा रेलिङ निर्माण तथा प्यूठान जिल्लामा ऐतिहासिक संग्रहालय स्थापना गर्न आवश्यक पहल र पैरवी गर्ने निर्णय समेत गरिएको छ।
त्यसैगरी, संघका मानार्थ सदस्य, जग्गादाता तथा आजीवन सदस्य भरत कुमार श्रेष्ठले रु. ५० हजार बराबरको भरत कुमार सरस्वती व्यवसायिक हित अक्षयकोष स्थापना गरेकोमा संघले धन्यवाद ज्ञापन गरेको छ। साथै उद्योगी व्यवसायीका समस्या सहजीकरणमा सहयोग पुर्याएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माप्रति आभार व्यक्त गरिएको संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी गराए।
व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम
व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम
Advertisement
तपाईको प्रतिक्रिया