दाङ। दाङको धानखोला–लमही सडकखण्ड दुई लेनमा मात्र निर्माण हुने तयारीप्रति आपत्ति जनाउँदै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, सडक चार लेन विस्तार संघर्ष समिति र स्थानीय सरोकारवालाहरूले शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
पत्रमा यस सडकलाई पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्ड भएको र दैनिक सयौँ सवारी साधन सञ्चालन हुने भएकाले चार लेन स्तरोन्नति आवश्यक भएको उल्लेख छ। सडक साँघुरो हुँदा ट्राफिक जाम, दुर्घटना र पैदल यात्रुको जोखिम बढ्ने, व्यापार–व्यवसाय, पर्यटन र कृषि ढुवानीमा असर पर्ने जस्ता समस्या औंल्याइएको छ।
मन्त्री घिसिङले हाल स्वीकृत एमसीसी परियोजना अनुदान सहयोगका रूपमा आएको र डिजाइन परिवर्तन तत्काल सम्भव नभएको जानकारी दिनुभयो। भविष्यमा आवश्यकताअनुसार सरकार थप बजेट विनियोजन गरी सडक चार वा छ लेनमा विस्तार गर्न सक्ने स्पष्ट पार्नुभयो।
पत्र बुझाउने कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघर्ष समिति र स्थानीय सरोकारवालाहरू उपस्थित थिए।
धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
Advertisement
तपाईको प्रतिक्रिया